कोहलपुर ६ असार/बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा बुधबार राती आएको हावाहुरीले १२ वटा घरगोठमा क्षति पुगेको छ । हावाहुरीका कारण स्थानीय त्रिभान खड्का ,चन्द्र बहादुर खत्री ,भिमसरा वली ,विपना वली,राम बहादुर वली,लक्ष्मी केसी लगायत १२ घरपरिवारको घर तथा गोठमा लगाएको (झिंगटी) टायल तथा जस्तापाता उडानुका साथै पर्खाल समेत भत्काएको राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिनुभयो । वडाध्यक्ष थारुका अनुसार कतिपय घरका छाना उडाएका कारण घरभित्र रहेको अन्नपात समेत भिजेर नष्ट भएको छ
हामीले वडाभित्र स्थलगत निरिक्षण गरेर हावाहुरीका कारण भएको क्षति बारे विवरण संकलन गरेका छौ पीडितलाइ निवेदन पेश गर्न सुचना गरेका छौ ।पालिकाको नियम अनुसार क्षतिपुर्ति उपलब्ध गराउछौ वडाध्यक्ष थारुले भन्नुभयो हावाहुरीका विभिन्न ठाउँमा रुखका हाँगाहरु भाँचिएर तारहरु चुँडिएका कारण त्यस क्षेत्रमा आँशिक रुमा विद्दुत सेवा अवरुद्ध भएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्