कोहलपुर नगरपालिकाले ग¥र्यो सार्वजनिक सुनुवाइ

कोहलपुर ।

कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिताको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सोमबार कोहलपुर नगरपालिकाको सहयोग र कोहलपुर जेसिसको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा कोहलपुर नगरपालिकाकाका प्रमुख पुर्ण प्रसाद आचार्य, उप–प्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले आमनागरिकले गरेका गुनासा र सुझावका प्रतिक्रियालाई जवाफ दिएका थिए ।

कोहलपुर नगरपालिका अन्तर्गत विभिन्न शाखाले गरेको कामको प्रगति विवरण र सामाजिक सरोकार राख्ने योजनालाई लिएर स्थानियहरुले गुनासो गरेका थिए ।

जसमा कृषि शाखाले वितरण गरेको १५ हजार केजी गहुँको विउ र १० हजार ६ सय ९० केजी धानको विउ वितरण गरी २१ हेक्टरमा धान खेती गरेको, पुरानो कोहलपुर बसपार्कमा केही न केही सञ्चालन गर्नुपर्ने, भ्यू टावरको वरीपरी तथा खाली जग्गामा माटो पटान हुर्नुपर्ने, मसान घाट निर्माण गर्नुपर्ने, लामोदुरीको बसपार्कको उत्तरतर्फ गेट निर्माण हुनुपर्ने, शान्तिनगर बस्ती र विएई प्रकरणमा जोडिएको विषय के अन्त्य भएको हो ? भन्दै स्थानियहरुले गुनासो गरेका थिए ।

जवाफमा नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र प्रशासकिय अधिकृत धोलकराज ढकालले गुनासोलाई सम्बोधन गरेका थिए । कोहलपुर नगरपालिकाको आयोजना एवम् कोहलपुर जेसिजको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, स्थानिय जनता, विद्यार्थी, समाजसेवी लगायतको उपस्तिथि रहेको थियो ।