१
नजिक गई शिर निहुराई सलाम ठोक्न मन छ ।
यी हातले निधार छुवाई सलाम ठोक्न मन छ ।
जुन व्यक्तितले मेरो देश विकास तर्फ लैजान्छ ।
खोजी खोजी उसैलाई सलाम ठोक्न मन छ ।
२
हामी एउटै मानव एउटै देश फरक किन भयो ?
नेपाली र लेपालीको परिवेश फरक नि भयो ?
मलाई यो कुराको रहस्य जान्न मन छ सरकार
हिमाल, पहाड, तराई, मधेश फरक किन भयो ?
३
देखेर उसको खोक्रो चुरीफुरी अचम्म लाग्छ ।
देखाउँदा हुँदै नभएको बहादुरी अचम्म लाग्छ ।
हिजो कलम चलाएर देश बदल्छु भन्ने साथीले
आज रमाउँदै हिडछ खुकुरी अचम्म लाग्छ ।
४
गरेर हामीलाई माया ममता राअत पठाइदे
बरु तँ राजधानीमै बस यता रहात पठाइदे ।
सरकार भुकम्प, बाढी,पहिरो र तेरो करले
मर्नै लागे भोक भोकै जनता राहात पठाइदे ।
५
सधै हिटलर चरित्रहरुको विरुद्ध हुनु तिमी ।
हाम्रा शहिदहरुका रगत झै शुद्ध हुनु तिमी ।
मेरी आमा यस्तै भनेर सम्झाउनु हुन्छ मलाई
देशमा शान्ति ल्याउन गौतम बुद्ध हुनु तिमी ।।
प्रस्तुति : सुनिसा चन्द
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्