असार ३ गते सार्वजनिक बिदा




गृह मन्त्रालयले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८१ जेठ ३२ गते शुक्रबार