कोहलपुर ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका ५ जि गाउँ चोकमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको छ ।
आज (शनिबार) विहान करिब साढे ९ बजेको समयमा भे १ क २०६२ नम्बरको ट्रकले बा.प्र. ०३-००५ प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख (डिएसपी) धर्मराज भण्डारीले कोहलपुर टुडे डटकमलाई जानकारी दिए ।
मोटरसाइकल चालक विकको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको (डिएसपी) भण्डारीले जनाएको छ ।
मोटरसाइकलमा पछाडी बसेका बैजनाथ २ का हेमराज विक समेत नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सुर्खेत भेरीगंगा नगरपालिका-८ घर भएका मृतक महेन्द्र विक प्रहरी चौकी सल्यान कपुरकोटमा कार्यरत प्रहरी जवान ७ दिनको विदा आएका थिए ।
आफ्न्तले केही घण्टा इप्रकाको गेटमा धर्ना
मृतकका आफन्तले (शनिबार) बेलुका ५ बजेदेखि राती ८ बजेसम्म सडक चक्का जामसंगै इप्रका कोहलपुरको गेटमा धर्ना दिएका थिए । ट्रकको साहु र ट्रक समितिकोको कोही पनि नआएको भन्दै उनीहरुले आन्दोलन गरेका थिए ।
मृतकका आफन्तहरु भोली (आइतबार) विहान ८ बजे इप्रका कोहलपुरमा धर्ना दिने र कुनै पनि समन्वय र सहकार्य नभए आन्दोलनको विकल्प नरहेको बताएका छन् ।
काेहलपुर टुडे । २६ श्रावण २०८१, शनिबार २१:५१