महादेवामा निर्माण गरिएका सुरक्षित बाख्रा खोरको अनुगमन

कोहलपुर
बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गत राप्तीसोनारी ९ महादेवामा निर्माण गरिएका सुरक्षित बाख्रा खोरको अनुगमन गरिएको छ । मानव र वन्यजन्तु बिचको सह अस्तित्व कायम राख्न तराई भु- परिधि कार्यक्रम ( ताल) को सहयोगमा निर्माण गरिएका ३६ वटा खोरहरुको अनुगमन गरिएको हो । स्थानीय जनप्रतिनिधि ,राष्ट्रिय निकुञ्जका कर्मचारी ,पशुसेवा केन्द्रका प्रतिनिधि संचारकर्मी लगायतका टिमले सुरक्षीत खोरको अनुगमन गरेको हो ।

जंगली जनावरहरू गाउँ पस्ने, , घरमा पालेका खसी बाख्रा खाइदिने जस्ता समस्याबाट गुज्रीरहेका मध्यवर्ती क्षेत्रका बासिन्दाहरु सुरक्षीत खोरबाट भेडा बाख्राहरु सुरक्षीत हुने ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष दल बहादुर खड्काले बताए ।
स्थानियको दायित्व वनजङ्गल र बन्यजन्तु जोगाउने हो भने सरोकारवाला निकायको दायित्व यहाँका स्थानियको जिउ धनसङ्गै पशुधनको सुरक्षा दिनु हो भनेर संरक्षणको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था तराई भू परिधि कार्यक्रमले सुरक्षित बाख्राको खोर निर्माणका लागि सहयोग गर्न थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दाहरु निर्धक्क रुपमा बाख्रा पालन गर्न थालेका छन् ।

विगतका दिनहरूमा बाघ भालु चितुवा लगायतका जनावरहरु आएर खोरबाट बाख्रा थुतेर लग्ने समस्या सुरक्षित खोरबाट समाधान भएको मध्यवर्ती क्षेत्रका बासिन्दाहरु बताउँछन् ।
तराई भू परिधि कार्यक्रम मार्फत कोहलपुर नगरपालिका वडा नम्बर ७ कम्दि कोरिडोर आसपासमा १८ वटा र बाँके जिल्ला भरी ७१ वटा सुरक्षित बाख्राको खोर निर्माण गरीएको तराई भू परिधि कार्यक्रमका कार्यक्रम अधिकृत (फिल्ड सुपरभाईजर) तिलक राम चौधरीले बताए ।