सिक्किम आइपुग्यो मनसुन

वर्षको मनसुनी प्रणाली भारतको सिक्किम आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी–उत्तर भूभाग, बंगलादेश, भुटान हुँदै मनसुनी प्रणाली सिक्किम पुगेको हो ।

नेपालमा औसतमा १३ जुनमा मनसुन भित्रिने गर्छ । यसपटक निर्धारित समयमै मनसुन भित्रिने आकलन गरिएको मौसमविद् गोविन्द झाले बताए । ‘अहिलेसम्मको स्थिति हेर्दा औसत समयमै मनसुन भित्रिने देखिन्छ । तर, यसबीचमा अन्य प्रणालीको असर कस्तो हुन्छ, त्यसमा भर पर्ने भएकाले अहिले नै भन्न सकिँदैन,’ उनले भने ।

नेपालमा पूर्वी भेगबाट मनसुन प्रवेश गरेर पश्चिमसम्म पुग्न कम्तीमा एक साता लाग्छ, तर गत वर्ष भने २३ दिन लागेको थियो । मनसुन देशभर फैलिन पश्चिमी वायुलाई मनसुनले विस्थापन गर्नुपर्छ ।