वागेश्वरी बहुमुखी क्याम्पसमा ५ दिने अनुसन्धान विधि र तथ्यांक विश्लेषण सम्बन्धी कार्यशाला सुरु




भगवती पोख्रेल, कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको आयोजना र विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा ५ दिने अनुसन्धान विधि र तथ्यांक विश्लेषण सम्बन्धि कार्यशाला सुरु गरिएको हो ।

कार्यशालाको उद्घाटन सत्रमा बोल्दै मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेसनका डिन प्रा.डा. याम बहादुर कार्कीले अनुसन्धानमुल्क कार्य आजको पहिलो आवश्यकता रहेको वताए । विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुको लागि अनुसन्धान गर्नु, खोली गर्नु र आफुलाई निखारता ल्याउनु पर्नेमा जोड दिए ।

 

उनले विश्वविद्यालयले प्राध्यापक कर्मचारीको वृद्धि र विकास गराउन समय समयमा तालिम, गोष्ठी दिदै स्तर उन्नति गर्नु पर्ने वताए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले वागेश्वरी क्याम्पसले यस खालका कार्यक्रम सधै गर्दै आएको वताए । उनले प्राध्यापकहरुले सिकेको ज्ञान लाई आफ्नो शैक्षिक र प्राज्ञिक क्षेत्रमा कार्यन्वयन गर्ने वताए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस, बबई बहुमुखी क्याम्पस गुलरिया, त्रिभुवन विश्वविद्यालयका ज्ञान बहुमुखी क्याम्पस कोहलपुर, लक्ष्मी सामुदायिक क्याम्पस मदुई, ज्ञानोदय क्याम्पस खजुरा लगायत अन्य क्याम्पसका प्राध्यापकहरुको उपस्थित रहेको छ ।

कार्यशाला जेष्ठ १० देखि १४ गतेसम्म सन्चालन हुने उप-प्राध्यापक एकराज शर्माले जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण उप- प्राध्यापक तोयानाथ पहाडीले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ १० गते बिहीबार