Kohalpur Today Header Ads

समाज रुपान्तरण बालबालिकाको भूमिका महत्त्वपूर्ण हुन्छ : नगरप्रमुख आचार्य




कोहलपुर  ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले समाज रुपान्तरणको बालबालिकाको महत्त्वपूर्ण भूमिका हुने भएका छन । कोहलपुर नगर स्तरीय र वडा स्तरीय बाल क्लब संजाल पुन:गठन कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले बालबालिका समाज रुपान्तरणको प्रमुख पक्ष भएको बताएका छ्न ।

साथै उनले पाठ्यक्रम तय गरेको विषयवस्तु सँगै बाल क्लबहरुका माध्यमबाट व्यक्तित्व विकास हुने बताएका छ्न । साथै उनले देशका लागि आवश्यक जनशक्ति बालबालिका नै भएकाले देशको नेतृत्व लिन बालबालिका अहिलेबाटै तयार हुनुपर्ने बताएका छ्न । यस्तै स्थानीय सरकारले बालबालिकाको सुझावको आधारमा बालबालिकाका क्षेत्रमा नीति निर्माण गरि आवश्यक सहयोग पुग्नेबताएका छन् ।

LIfe Ok

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी बि.क. ले संविधानले बाल अधिकार सुनिश्चित गरेको बताउँदै समाजमा हुने बाल हिंसाका घटना अन्त्य गर्नु पर्ने बताएका छन । बालबालिकाका देशको शक्ति भएको बताउँदै बालबालिका कुलतबाट बच्नु पर्ने बताएका छन ।

यसकै साथै वडा स्तरीय बाल क्लब संजाल वडा नं. १ को अध्यक्षमा प्रभास बुढा, वडा नं. २ को अध्यक्षमा आशिका,वडा नं. ३ को अध्यक्षमा एकराज बिसि र वडा नं. ४ को अध्यक्षमा लक्ष्मी शाही चयन भएका छन ।

त्यस्तै वडा स्तरीय बाल क्लब संजाल वडा नं. ५ को अध्यक्षमा निकिता लम्साल रहेकी छ्न । कार्यक्रम नगरभित्रका बालबालिकाको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ ९ गते बुधबार