महादेवपुरी सनराइज स्कुलले १५ औं वार्षिकोत्सव मनायो

कोहलपुर ३० चैत 

राप्तीसोनारी गाउँपालिका वडा न ९ स्थित महादेवपुरी सनराइज इ मी स्कुलले शुक्रबार शैक्षिकसत्र २०८०को नतिजा प्रकाशन सहित विविध कार्यक्रम गरि १५ औं वार्षिकोत्सव मनाएको छ ! कार्यक्रमको राप्तीसोनारी गाउँपालिका कार्यपालिका सदस्य राधिका सुनारले दिप प्रज्वलन गरि उदघाट्न गरेकी थिइन् ।

उदघाटन सत्रमा बोल्दै प्रमुख अथिती सुनारले विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न विद्यार्थी ,शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध राम्रो हुनुपर्ने जोड दिइन । उनले महादेवपुरी सनराइज स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा खुसी व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै अथिती तथा गणेश मा वि ढकेरी शिक्षक शंकर हमालले सनराइज स्कुलले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र आगामी दिनमा पनि नयाँ आयामका साथ शैक्षिक गतिविधि संचालन गर्न अनुरोध गरे ! कार्यक्रम शैक्षिकसत्र २०८० को नतिजा प्रकाशन गरिनुका साथै उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाइ पुरस्कार समेत वितरण गरिएको थियोे ।

विद्यालयका विद्यार्थीहरु विविध सांस्कृतिक कार्यक्रम तथा नृत्यहरु प्रस्तुत गरेका थिए ! विद्यालयका संस्थापक प्रीन्सिपल सागरदत्त गौतमले शैक्षिकसत्र २०८१ देखि कक्षा ६ संचालनको तयारी गरिएको जानकारी दिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि ,अभिभावक , विद्यार्थी लगायतको सहभागिता रहेको थियोे ।