काेहलपुर ।
सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।
राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब ३९ हजार ९ सय ७५ रुपैयाँ हाल रहेको थियो । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ कायम थियो । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ तलब थियो ।
सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५४ हजार ५ सय ८२ रुपैयाँ थियो । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय ५२ रुपैयाँ कायम भएका थियो । मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४ सय ६ रुपैयाँ रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्