दलित अभियानका संयोजक सुनार साहसी युवा अवार्डबाट सम्मानित

 

कोहलपुर २९ चैत /
दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । लामो समय देखी दलित समुदायको हितमा क्रियाशिल सुनारलाई नेसनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८० बाट सम्मानित भएका हुन । काठमाडौमा आयोजित एक विशेष समारोहका बीच प्रतिनिधि-सभाका उपसभामुख इन्दिरा रानाले सुनार लगायत केही सामाजिक अगुवाहरुलाई सम्मान गरेकी हुन ।

उनले अन्याय, अत्याचारमा परेको उपेक्षित, उत्पीडित दलित वर्गको हितमा तपाईंले आवाज उठाउदै आएको , जातीय विभेद र अत्याचार विरुद्ध जागरण पैदा गर्दै आएको प्रतिबद्धताको कदर गर्दै समाजसेवी, साहसी युवा अवार्डबाट सम्मानित गरिएको , सम्मान पत्रमा उल्लेख गरिएको छ ।