कोहलपुर नगर शिक्षा शाखामा तालाबन्दी, विद्यार्थी संगठनद्धारा विज्ञप्ती जारी

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका शिक्षा शाखामा तालाबन्दी गरिएको छ ।

आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ती जारी गर्दै नगर शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

कोहलपुर नगरपालिका स्तरिय कक्षा ८ को नतिजामा केही शंका र उपशंकाका आधारमा केही प्रश्नहरु आएपछि समिति बनेको थियो ।

सो समितिको संयोजक कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको थियो ।

सो समितिलाई समेत शंकाको घरेमा रहेको भन्दै पुनः नयाँ समितिको माग गर्दै नगर शिक्षामा तालाबन्दी गरेका हुन् ।

अहिले कोहलपुर नगरपालिकामा सिसि क्यामरा जडान गरी कक्षा ८ र कक्षा १० को परिक्षा गराइएको थियो । कोहलपुर नगर शिक्षा शाखाले चैत २३ गते नतिजा सार्वजनिक गरेको थियो ।

कक्षा ८ को परिक्षाको नतिजालाइ लिएर उत्पन्न परिस्थितिबारे कोहलपुर नगरपालिकाको सभा हलमा आज दिउँसो ठिक ३ बजे सर्वदलीय/सर्वपक्षीय छलफल कार्यक्रमको आयोजना गरिएको छ ।