वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा भोलि गायक टंक तिमिल्सिना र डान्सर रुविना अधिकारी आउदै

भगवती पोख्रेल, कोहलपुर
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा भोलि गायक टंक तिमिल्सिना र मोडेल तथा डान्सर रुविना अधिकारी आउने भएका छ्न । वागेश्वरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजना र क्याम्पस प्रशासनको समन्वयमा चैत २९ गते भव्य सांस्कृतिक कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिए ।


नव वर्ष २०८१ सालको सुखद पावन अवसरमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना र वागेश्वरी बहुमुखी क्याम्पस प्रशासनको समन्वयमा शुभकामना आदानप्रदान, भित्रेपात्रो विमोचन तथा वागेश्वरी बहुमुखी क्याम्पस स्थापना देखि हालको अवस्था सम्म ल्याई पुर्याउने सम्पूर्ण अग्रज व्यक्तित्वहरु लाई सम्मान र कदर गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले जानकारी दिए । उनले भने क्याम्पसमा स्नातक देखि स्नातकोत्तर तह सम्म विभिन्न संकाय तथा विषयको पठनपाठन हुँदै आएको र आउने शैक्षिकसत्रमास्नातक तहमा विज्ञान विषयको पठनपाठन हुने वताए ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देवेन्द्र बहादुर बुढाले आफुले क्याम्पसमा जितेदेखी हाल सम्म क्याम्पसको समग्र विकास गर्न धेरै काम गरेको वताए । उनले विद्यार्थीका हरेक पक्षको विकास गर्न अतिरिक्त क्रियाकलाप देखि सर्वाङगिन विकास हुने कार्यक्रम गर्दै आएको जानकारी दिए । यो पटक कला, संस्कृति र नृत्य एवम् गायनमा चासो राख्ने विद्यार्थीहरुको चासोप्रती मध्येनजर गरि यो कार्यक्रमको आयोजना गरिएको वताए । उनले भने यो कार्यक्रमबाट कलाकार तथा डान्सर र गायक क्षेत्रमा चासो राख्ने विद्यार्थीको पहिचान गर्ने वताए । यस कार्यक्रम लाई भव्य रूपमा सम्पन्न गर्ने सबैको सहयोग आवश्यक पर्ने समेत वताए ।
नव वर्ष २०८१ सालको सुखद पावन अवसरमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना र वागेश्वरी बहुमुखी क्याम्पस प्रशासनको समन्वयमा शुभकामना आदानप्रदान भित्रेपात्रो विमोचन बृहत साँस्कृतिक एवं सम्मान कार्यक्रम हुन गएको स्वतन्त्र विद्यार्थी युनियनका सचिव महेन्द्र प्रकश मल्लले कोहलपुर टुडे लाई जानकारी दिए ।