मध्यपश्चिम जनसेवा यातायातद्धारा शोफा सेट सहितको नयाँ डिलक्स ‘दरबार’ सञ्चालन




कोहलपुर ।

मध्यपश्चिम जनसेवा यातायात प्रालिले नयाँ बस ‘दरबार’ आजबाट सञ्चालनमा हुन लागेको छ । नेपालगञ्ज हुँदै कोहलपुरदेखि काठमाण्डौंसम्म जानका लागि आरमदायि र सुन्दर नयाँ बस ‘दरबार’ सञ्चालन हुन ल्याएको हो ।

विहान गएर दिनभरी अफिसको वा अन्य काम गरी साँझ पर्किने गरी नयाँ बस सञ्चालनमा ल्याउन लागेको मध्यपश्चिम जनसेवा यातायात समितिका महासचिव विजय थापाले बताए ।

‘नेपालगञ्जबाट १ : ३० बजे र कोहलपुरबाट २ : ३० बजे बस छुट्नेछ भने काठमाण्डौं विहान ७ बजे पुग्नेछ’, उनले भने, ‘अफिस समय पुग्ने र सरकारी अन्य कामहरु समेत सजिलै गर्न सकिन्छ ।’ काठमाण्डौंबाट समेत ३ बजे छुट्नेछ । त्यसकारणले यात्रु महानुभावहरुलाई सहजताका लागि यो सेवा सुरु गरेको महासचिव थापाले बताए ।

उहाँका अनुसार यात्रु महानुभावहरुलाई खाना सेट सहित २ हजारमा काठमाण्डौंसम्म लिने व्यवस्था समेत मिलाएका छौं । अन्य यात्रुहरुलाई भने १८ सय नै भाडा लिने गरेका छौं ।

यस्तै मध्यपश्चिम जनसेवा यातायात समितिका सचिव नेव बहादुर खड्काले यात्रुहरुलाई पानी, दालमोट, विस्कुट लगायत दिइने व्यवस्था मिलाइएको बताए ।

यात्रुहरुलाई सवारी गर्दा सिटमा बस्न समेत आरमदायि छ जुन सोफा सेट हो । ३७ जना यात्रु अटाउने यो डिलक्स बसमा काठमाण्डौंमा विहानै पुग्ने र कार्यालय समयमा आफ्नो काम गरी पुनः फर्किने व्यवस्था सहित नयाँ योजना सहित सेवा सुरु गरेको खड्काले बताए । हाल १० वटा शोफा सेट सहितको नयाँ डिलक्स ‘दरबार’ सञ्चालन हुनेछन् ।

यात्रुहरुका लागि सहजताका लागि नेपालगन्जमा दर्शन योगी (९७४५५३७६९७), कोहलपुरमा देविलाल वलि (९८४८२९८६१६), काठमाडौमा सरोज सुनार (९८६१८९७७०६) र कलंकीमा जीवन ठकुरी (९८१८१३०३१७) संग सम्पर्क गर्न सकिनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत १९ गते सोमबार