कोहलपुरमा केवुल तारहरु व्यवस्थित गर्ने योजना सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले नगरक्षेत्रमा रहेका अव्यस्थित रुपमा रहेका केवुल तारहरुलाई व्यवस्थित गर्न थालेको छ ।

कोहलपुर नगरपालिका १२ चप्परगौडी क्षेत्रबाट केवुल तार व्यवस्थापन अभियान सुरु गरिने कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापाले बताए ।

विभिन्न स्थानमा तारहरु झुण्डीएका र लत्रिएका छन् । पोलहरुमा रहेका तारहरु पनि अव्यवस्थित रुपमा गुजुल्टिएका छन् । जसले गर्दा शहरको शोभा समेत कुरुप देखिएको छ ।

‘विभिन्न केवुल प्रदायक संस्थाहरुबाट जडान गरिएका केवुल तारहरु कतिपय स्थानमा मापदण्ड विपरीत जडान गरिएको छ उनले भने–‘जसका कारण आगलागीसँगै सवारी साधन दुर्घटनाको जोखिम समेत हुने गरेको छ । यसले कोहलपुरका शोभा समेत कुरुप बनाएले व्यवस्थापन गर्न थालिएको हो ।’

गत वर्ष पनि अव्यवस्थित रुपमा रहेका केवुल तारहरु हटाइएको थियो । गत वर्ष हटाउन बाँकी रहेका मुख्य राजमार्ग क्षेत्र र भित्रि सहरका तारहरु हटाउन लागिएको नगर प्रमुख थापाले बताए ।

केवुल तार व्यवस्थापन समिति मापदण्डनै छ । विद्युत प्राधिकरणको विद्युत पोलमा तार तान्दा विद्युत लाइनको तल्लो तार भन्दा दुई फिट मुनि र साढे तीन फिट बीच भागमा मात्र तार जडान गरी लाइने तान्नु पर्छ ।

फाइवर नेटवर्क संजालले आआफ्नो फाइवर केबुलको डि.वि बक्स रहेको पोलमा ट्याकिङ चिन्ह लगाउनु पर्छ । पोलमा रहेको तार गुच्छा सम्वन्धी संस्थाले सकेसम्म सानो बनाइ व्यवस्थित गरिनु पर्ने हुन्छ भने बढी तार भएको र झुल्लिने स्थानमा सबै तारलाई बाइन्डिङ गरिनु पर्छ, पोलमा रहेका पुरानो कामविहीन तारहरु सम्वन्धीत संस्थाले हटाउनु पर्ने मापदण्ड छ ।

केवुल तार व्यवस्थापनका लागि गएको चैत १४ गते सम्बद्ध सरोकारवालाहरुको बैठकले तार व्यवस्थापनमा समन्यकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपाल टेलिकम, विद्युत प्राधिकरण, विभिन्न केबल नेटवर्क, जनप्रतिनिधि सम्मििेलत बैठकले कोहलपुर नगर क्षेत्रभित्रका तारहरु व्यवस्थापन गर्ने निर्णय गरेका थिए ।