क्रिसा बाँकेको विशेष भेलाबाट पालिस्तरीय कमिटि गठन, कोहलपुरको अध्यक्षमा भारती

कोहलपुर ।

क्रिसा बाँकेको विशेष भेलाबाट आज पालिका स्तरीय समिति गठन गरेको छ । क्रिसा बाँकेले विशेष भेलाबाट विधान शंशोधन गरी पालिका स्तरीय समिति गठन गरेको हो ।

क्रिसा बाँकेको कार्यसमिति भने यथावत रहने र क्रिसा बाँकेकै अण्डरमा रहेर काम गर्ने गरी पालिका स्तरीय समिति गठन गरेको क्रिसा बाँकेका सचिव प्रकाश मल्लले जानकारी दिए ।

मल्लका अनुसार क्रिसा बाँके अब थप शसक्त हुने र नयाँ उर्जावान साथीहरु पालिका कमिटिमा आउनुभएको छ, उहाँहरुलाई विशेष धन्यवाद दिँदै आगामी नयाँ योजना र कार्यक्रमहरु समेत थप शसक्त हुने उनको विश्वास दिलाए ।

क्रिसा बाँकेको कोहलपुर नगरपालिका स्तरीय कमिटिको अध्यक्षमा विएल भारती चयन भएका छन् । जसमा ओपेन्द्र केसी सचिव र बिजया सारु कोषाध्यक्षमा चयन भएका छन् ।

यस्तै क्रिसा बाँकेको बैजनाथ गाउँपालिका स्तरिय एकाई कमिटिको अध्यक्षमा थोमस ताम्राकार चयन भएका छन् । जसमा धन बहादुर खड्का सचिव र बिजय थापा कोषाध्यक्षमा चयन भएका हुन् ।

यस्तै क्रिसा बाँकेको राप्तीसोनारी गाउँपालिका स्तरीय कमिटिको संयोजकमा सागर दत्त गौतम भएका छन् भने अन्य सचिव र कोषाध्यक्षको भने केही दिनमा टुंगो लाग्नेछ ।

क्रिसा बाँकेको कार्यसमितिमा रहेका दुई सदस्यहरु हेरफेर गरी नयाँ सदस्य थप गरिएको छ ।