ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिको अध्यक्षमा वली

कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका-९ स्थित ढकेरी उदैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा स्वतन्त्र उम्मेदवार अमर बहादुर वली निर्वाचित भएका छ्न ।

बुधबार सप्पन्न निर्वाचनमा वलीले ४ सय ३० मत प्राप्त गरि विजयी भएका छ्न उनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियोे । उनका प्रतिद्वन्दी एमाले र माओवादी केन्द्र गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत खड्काले ३ सय ६० मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिव पदमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका राज कुमार खत्री निर्वाचित भएका छ्न खत्रीले ४ सय ५२ मत प्राप्त गरेका थियो भने उनका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दिपेन्द्र वलीले ३ सय ४० मत प्राप्त गरेका थिए । जम्मा कुल मत ९ सय ७५ मध्ये ८ सय ४४ मत खसेको थियोे ।

त्यस्तै संस्थाको चैत ३ गते सम्पन्न आठौं साधारणसभाबाट उपाध्यक्षमा घनश्याम बिक कोषाध्यक्षमा भिम बहादुर ओली सह-सचिवमा झम्पा गौतम सर्वसम्मत चयन भएका थिए । सदस्यहरुमा जानकी खत्री लाल बहादुर वली पुर्ण बहादुर खत्री अल बहादुर खत्री पुर्ण बहादुर खत्री र बुद्धिराज थारु निर्वाचित भएका थिए ।