भोलीदेखि एसईई सुरु, बाँकेमा ९ हजार २ सय ९३ जनाले परीक्षा दिँदै

कोहलपुर ।

भोलीबाट बाँके लगायत देशभरी नै एसईई सुरु हुन लागेको छ । बाँकेमा यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ९ हजार २ सय ९३ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

बाँकेका ८ वटै पालिकाका २८ सामुदायिक र ६ संस्थागत गरी ३४ परीक्षा केन्द्रबाट नौ हजार १ सय  २ नियमित र १ सय  ९१ ग्रेड वृद्धि गरी जम्मा ९ हजार २ सय ९३ जना विद्यार्थीले एसईई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले बताए ।

यादवका अनुसार १ मदरसासहित १ सय १ सामुदायिक विद्यालय र ९७ संस्थागत गरी १ सय ९८ विद्यालयका ४ हजार ७ सय ६३ जना छात्र र ४ हजार ५ सय ३० छात्रा गरी ९ हजार २ सय ९३ विद्यार्थीले एसईई दिने भएका हुन् । १० वटा सामुदायिक विद्यालयका ३ सय ५७ जना प्राविधिकधारका विद्यार्थीे पनि एसईईमा सहभागी हुनेछन् ।

जसमध्ये सामुदायिक १ सय १ विद्यालयका ३ हजार २ सय छात्र र ३ हजार २ सय ४० छात्रा गरी ६ हजार ४ सय ४० विद्यार्थी र संस्थागत ९७ विद्यालयका १ हजार ६ सय ७१ छात्र र १ हजार १ सय ८२ छात्रा गरी दुई हजार ८ सय ५३ विद्यार्थी रहेका छन् ।

एसईईमा जयेन्दु बाल सुधार गृहका ३३ र ९ नौवस्ता बाल सुधार गृहका ११ गरी ४४ जना बालबिज्याईकर्ता सहभागी रहनेछन् भने दृष्टिविहीन ५ जना, कान नसुन्ने ३ जना र शारिरीक अपाङ्गता भएका २ गरी १० जना अपाङ्ग क्षेत्रका विद्यार्थी सहभागी रहनेछन् ।

गत वर्ष बाँके जिल्लाबाट ९ हजार ८ सय ८६ जना विद्यार्थीले एसईई दिएका थिए भने यो वर्ष गत वर्षको तुलनामा ४ सय ७ बढी विद्यार्थी एसईईमा सहभागी हुन लागेका हुन् ।