ज्ञानकुञ्ज ई.मि स्कुलले भव्य रुपमा मनायो अभिभावक दिवस (फोटो फिचर)

कोहलपुर ।

कोहलपुर नगरपालिका १२ मा रहेको ज्ञानकुञ्ज ईमि स्कुलले अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।

कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माको प्रमुख अथिति तथा विद्यालयका संस्थापक तथा विद्यालयका प्रिन्सिपल महेन्द्र कार्कीको सभापत्विमा कार्यक्रम भएको छ ।

कार्यक्रमका प्रमुख अथिति ईश्वरी विश्वकर्माले अभिभावक दिवसको उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा बोल्दै विश्वकर्माले अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धमा हुनुपर्ने बताए ।

‘विद्यालयमा करिब ६ घण्टा करिब १८ घण्टा अभिभावकसंग हुन्छन्,’ उनले भने, विद्यालयमा सिकेका, बुझेका, सुनेका र जानेका विषयबस्तुलाई अभिभावकले समेत पुनः रिपिट गर्दा गुस्तरिय शिक्षा प्रदान हुन्छ ।’ आज के पाठ पढाइभइरहेको छ ? भोली के हुने भन्ने विषयमा अग्रीम अभिभावकले जानकारी लिने सोही विषयबस्तु बालबालिकालाई सिकाइयो भने विद्यालयमा पनि उत्कृष्ट अंक ल्याउन सक्ने उनले विश्वकर्माले जिकिर गरे ।

छोटो समयमा नै गुणस्तरीय शिक्षासंगै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै अहिले बालबालिकाहरुले मन पराएको विद्यालय ज्ञानकुञ्ज ईमि स्कुल रहेको विश्वकर्माले बताए ।

अभिभावक दिवस कार्यक्रममा एन प्याब्सन बाँकेका सचिव तथा क्रिसा बाँकेका अध्यक्ष बेगम चन्दले बालबालिकालाई जंगफूट, बासीखाना खुवाउन नहुने र घरभित्र हुने खाना खुवाउन अनुरोध गरे । बालबालिकाको मानसिक, शाररिक विकास हुने क्रममा पोषिलो र ताजा खाना खुवाउन अभिभावकलाई आग्रह गरेका थिए ।

कोहलपुर नगरपालिकाका प्याब्सन कोहलपुरका कोषाध्यक्ष मित्रलाल वली, कोहलपुर नगरपालिका शिक्षा शाखाका अधिकृत रविलाल मिजार लगायतले आफ्नो भनाई राखेका थिए ।

यस्तै विद्यालयका संस्थापक तथा प्रिन्सिपल महेन्द्रजंग कार्कीले आगामी वर्षको भावी योजना, कार्यतालिका, कार्य योजना प्रस्तुत गरेका थिए ।

कार्कीले आगामी शैक्षिक सत्रबाट कक्षा १ देखि माथिका कक्षाहरुमा डिजिटल बोर्ड र विज्ञान प्रयोगशालाको माध्यमबाट अध्ययन/अध्यापन गराउने बृहत योजना रहेको बताए ।

बालबालिकालाई गुस्तरीय शिक्षा प्रदान गरिरहेका छौं भन्ने कुरामा विश्वस्त रहेको बताउँदै अभिभावक ज्यूहरुको माया, स्नेह, ममता, विश्वासलाई कहिलै टुट्न दिने छैनौ, अझै थप अभिभावक ज्यूहरुले नयाँ कार्यक्रम, नयाँ योजना भए ल्याउन र त्यसलाई कार्यान्वनका लागि हामी प्रतिबद्ध रहेको कार्कीले बताए ।

अभिभावक दिवसमा बालबालिकाहरुले साँस्कृति कार्यक्रम गरेका थिए भने विभिन्न नाटकहरु समेत प्रस्तुत गरेका थिए ।