Kohalpur Today Header Ads

दिव्य विद्या सदनले १८ औं वार्षिकोउत्सव भव्य रुपमा मनायो (फोटो फिचर)




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ०६ मा रहेको दिव्य विद्या सदनले १८ औं वार्षिकोउत्सव विज्ञान प्रदर्शनी तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।

दिव्य विद्या सदनका विद्यालय सञ्चालक समिति अध्यक्ष लोकनाथ पौडेलको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाकी कार्यवहाक नगर प्रमुख संगिता सुवेदीको प्रमुख अतिथ्यतामा १८औं वार्षिकोउत्सव, विज्ञान प्रदर्शनी तथा अभिभावक दिवस भव्य रुपमा मनाएको हो ।

LIfe Ok

विद्यालयका सञ्चालक समितिका सदस्य धर्मराज उपाध्यायले स्वागत मन्तव्य राखेका थिए भने बालबालिकाले स्वागत गित र स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सुवेदीले शैक्षिक हव बनाउन सामुदायिक र संस्थागत विद्यालयहरुले एकआपसमा व्यवस्थापन प्रणाली, प्रशासन, शिक्षण विधि लगायतका विविध विषयमा आफ्ना अनुभवहरु साटफेर गर्ने गरी निति बनाउनुपर्नेमा जोड दिएकी छिन् । निजि क्षेत्रको लगानी बढाउन नगरपालिकाले के कस्तो निति ल्याउन आवश्यक छ ? त्यसको खाका ल्याउन अनुरोध गरिन् ।

‘बालबालिकालाई घरमा दिएको शिक्षाले विद्यालयमा रचनात्मक, सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा बृद्धि हुन्छ जुन पहिलो पाठशाला हो,’ उनले भनिन्, विद्यालयमा सिकेका विषयले पुस्तादेखि हालसम्म र भविष्यका बारेमा जानकारी लिने र अतिरिक्त क्रियाकलापमा संलग्न गराइन्छ जुन दोस्रो पाठशाला हो ।’ पहिलो र दोस्रो पाठशालालाई केन्द्रिकृत गरी अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध भयो भने गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने कार्यबहाक नगर प्रमुख सुवेदीले बताइन् ।

कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले शैक्षिक हव बनाउनका लागि पालिकाबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पालिकाले भौतिक, नैतिक, सामाजिक र नितिगत रुपमा कहाँ के गर्नुपर्छ ? त्यसका निम्ती नगरपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कुसर बाँकी नराख्ने विश्वकर्माले बताए ।

यस्तै एन प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्ल, क्रिसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्दले निजी क्षेत्रले पुर्‍याएको योग्दानका बारेमा चर्चा गर्दै आफ्नो धारणा राखेका थिए ।

यस्तै विद्यालयका प्रिन्सिपल नारायण पंगेनिले व्यवहारिक र बैज्ञानिक शिक्षालाई जोड दिएको बताए । बालबालिकालाई नैतिकवान, अनुशासित र कर्तव्यपालन बनाउने किसिमको शिक्षा प्रदान गर्दै बालबालिकाको सुनौलो भविष्य बनाउन निकै मेहनतका साथ लागि परेको पंगेनीले बताए । पंगेनीका अनुसार शिक्षालाई प्रविधिसंग जोडर शिक्षा प्रदान गर्ने आगामी वर्षदेखि डिजिडल बोर्ड राख्ने योजना रहेको बताए ।

यसैगरी १८औं वार्षिकोत्उसवमा बालबालिकाहरुले विज्ञान प्रदर्शनी गरेका थिए । विज्ञान प्रदर्शनीमा भ्यु टावर, स्वयम्भू, युद्ध अस्त्रशस्त्र, दुना, टपरी, बायुमण्डल, पृथ्वी, कृतिम मानिस, सेन्सरबाट दुर्घटना न्यूनिकर गर्ने सडक जस्ता विविध विषयबस्तुहरुमा आधारित विज्ञान प्रदशनी गरेका थिए ।

१८ औं वार्षिकोत्उसव, विज्ञान प्रदर्शनी तथा अभिभावक दिवसमा विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, क्यारिकेचर एवम् ट्यालेन्ट हन्ट शो कार्यक्रम गरिएको थियो ।

गत शैक्षिक शत्रमा विद्यालयकै सर्वोत्कृष्ठ विद्यार्थीहरु तथा शिक्षकहरुलाई समेत सम्मान गरेको थियो । जसमा सन्देश चन्दलाई ‘बेष्ट स्टुडेन्ट अफ द इएरको अर्वाड’ प्रदान गरेको छ भने गणेश रेग्मी र पुनम वोहरालाई बेष्ट टिचरका रुपमा सम्मान गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १८ गते शुक्रबार