डिभाइडर हटाएपछि नेपालगञ्ज-कोहलपुर सडकखण्डमा आवतजावत खुल्यो

कोहलपुर ।

बागेश्वरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालगञ्ज कोहलपुर सडकखण्डमा आवतजावत खुलेको छ ।

बागेश्वरी बहुमुखी क्याम्पसको अगाडी राखिएका डिभाइडरका कारणले विद्यार्थीलाई सडक पार गर्न समस्या भएको भन्दै विद्यार्थीहरुले नेपालगञ्ज-कोहलपुर सडकखण्डमा आवतजावतमा बन्द गरेका थिए । अहिले डिभाइडर खोलेपछि आन्दोलनले सार्थकता पाएको छ ।

स्ववियू सभापति देवेन्द्र बुढाले विद्यार्थीलाई असहज बनाउने किसिमले डिभाइडर राखेपछि हामीले आन्दोलन नै गर्नुपर्ने देखियो ।

उहाँहरुलाई मौखिक भनेका पनि थियौं तर उहाँहरुले मान्नु भएन त्यसैले सडक बन्द गरी अहिले डिभाइडर हटाएपछि आन्दोलन स्थगित गरेको बुढाले कोहलपुर टुडेलाई जानकारी दिए ।

केही दिन अघि मात्र कोहलपुर नगरपालिकाले एक स्थानबाट अर्को स्थानमा सार्दै विभिन्न स्थानमा डिभाइडर राखेको थियो ।

नेपालगञ्ज कोहलपुर सडकखण्डमा आवतजावतमा रोक