कोहलपुर ।
बागेश्वरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालगञ्ज कोहलपुर सडकखण्ड सडक आवतजावतमा रोक लगाएका छन् । क्याम्पसको अगाडी विद्यार्थीलाई सडक पार गर्न स्थानमा डिभाइडर राखेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।
केही दिन अघि मात्र कोहलपुर नगरपालिकाले एक स्थानबाट अर्को स्थानमा सार्दै विभिन्न स्थानमा डिभाइडर राखेको थियो । बागेश्वरी क्याम्पस अगाडी डिभाइडर राखी विद्यार्थीहरुलाई समस्या भएकोले आन्दोलन नै गर्नुपरेको स्ववियू सभापति दवेन्द्र बुढाले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्