कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा १९ हजार बढिलाई दादुरा-रुबेला खोप लगाउने भएको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले भोलीदेखि १९ हजार २ सय २३ जनालाई दादुरा-रुबेला खोप लगाउने बताए । शाहीका अनुसार यो अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, शिक्षक खटिनुहुनेछ भने विद्यालयहरुमा केन्द्र बनाई खोप लगाउने बताए ।
वडा अध्यक्षहरुको समन्वय र सहकार्य गरी विद्यालयहरुमा खोप केन्द्र तोकिएको स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण राज शाहीले बताए ।
यो अभियान फागुन २५ गतेसम्म चल्नेछ । बाँकेमा गत वर्ष दादुरा–रुबेलाका कारण केही बालबालिकाले ज्यान गुमाएका थिए भने सयौं बालबालिका संक्रमित भएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्