मन बहादुर केसी स्मृति कप खेलकुद प्रतियोगिता उपाधी शिवशक्ती मावि पेरानीले उचाल्यो

राप्तीसोनारी ।

राप्तीसोनारी गाउँपालिका वडा न ८ पेरानी स्थिति शिवशक्ति माध्यामिक विद्यालयमा शुक्रबार देखी सुरु भएको स्व. मन बहादुर केसी स्मृति कप चौथो मा वि तह खेलकुद प्रतियोगिताको उपाधी शिव शक्तिशाली मा वीले उचाल्न सफल भएको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण ५ रजत ३ काश्य सहित शिवशक्ती मा वि प्रथम भएको हो । प्रतियोगितामा ३ स्वर्ण ४ रजत ७ काश्य दुर्गा भवानी मा वि शम्शेरगज दोस्रो हुन सफल भएको छ भने ३ स्वर्ण ५ रजत २ काश्य गणेश मा वि ढकेरी तृतीय भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा छात्र भलिबल तर्फ गणेश मा बि ढकेरी प्रथम दुर्गा भवानी मा शम्शेरगज दोस्रो र शिव शक्ति मा वि पेरानी तेस्रो भएका छ्न । छात्रा भलिबल तर्फ शिव शक्ति मा वि पेरानी प्रथम दुर्गा भवानी मा वि शम्शेरगज दोस्रो र जनशक्ति मा वि बालापुरले तृतीय स्थान प्राप्त गरेका छ्न । त्यस्तै प्रतियोगितामा भलिबल तर्फ गणेश मा वि का सागर शाह,मनिषा थापा शिवशक्ती मा विका विराज बि क, प्रदीप उत्कृष्ट खेलाडी घोषित भएका छ्न ।

एथलेटिक्स छात्रतर्फ शिवशक्ती मा वि का कपिल विष्ट र छात्रा गणेश मा वि की छात्रा सविता थारु उत्कृष्ट खेलाडी घोषित भएका छ्न । प्रतियोगितामा राप्ती सोनारी ८ र ९ का ७ वटा मा वि विद्यालयहरुले सहभागिता जनाएका थिए ।