कोहलपुरमा शैक्षिक गुणस्तर सुधार गर्न आमा भेलाबाट ११ निर्णय

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १३ मा रहेको बाल शिक्षा माविमा शैक्षिक गुणस्तर सुधार गर्न आमा भेला गरिएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तथा वडाको शिक्षा समितिका संयोजक डम्बरबहादुर खड्काको अध्यक्षता तथा शिक्षा तथा खेलकुद शाखाको समन्वयमा शैक्षिक गुणस्तर सुधार गर्न आमा भेला गरिएको हो ।

आमा भेलामा बोल्दै वडा अध्यक्ष खड्काले विद्यालयमा ६ घण्टा भएतापनि घरमा १८ घण्टा हुने भएकोले घरमा पनि पढ्न वातावरण तयार गराउने उद्देश्यले आमा भेला राखेको बताए ।

वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक डम्बर खड्काले वडा कार्यालयबाट र समितिबाट गर्ने काम, कर्तव्य र अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रअ टर्क खत्रीले विद्यालयका समस्याहरु दर्शाउँदै समाधानका उपायाहरु समेत प्रस्ट्याउँदै अभिभावकको साथ विना बालबालिकाहरुको पठनपाठन कार्य गर्न नसकिने भएकोले अभिभावकको केन्द्रमा राखी आमा भेला गरेको बताए ।

शिक्षकहरुको प्रशासन कडा रुपमा प्रस्तुत भएको र आगामी निति, योजना र कार्यान्वयनको पक्षमा आफू निडर भएर लाग्ने र अभिभावकको साथ सहयोगको अपेक्षा रहेको प्रअ खत्रीले बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश पुन र सहायक प्रअ लिलाराज वलीले आफ्नो भनाई समेत राखेका थिए ।

यस्तै र कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृति दिने गरी कोहलपुर नगरपालिका १२ का डिलाराम पोखरेल अक्षयकोष खडा गरेका छन् ।

आमा भेलाबाट के के भए निर्णय ?

१. २०८० फागुन २ गतेदेखि भर्ना खुल्ला गर्ने र २०८१ बैशाख २ गतेदेखि १५ दिन चित्र विद्यार्थी भर्ना अभिभयानमा अनिवार्य विद्यालय उमेर समूहका सबै बालबालिका तथा विविध कारणले पठनपाठन पुरा गर्न नसकेको महिला/बुहारी तथा पुरुषहरुले समेत औपचारीक शिक्षामा भर्ना गर्ने ।

२. बालविकासको भवन जनश्रमदानबाटै निर्माण कार्य यहि माघ मसान्त सम्म २ कोठे कक्षाकोठा सहितको व्यवस्था गर्ने ।

३. विद्यालयको आयश्रोत बृद्धि गर्न सम्पूर्ण जमिनलाई बस्ती व्यवस्थापन गरी कृषी प्राविधिकधारको पूर्ण आवासीय माविको रुपमा विद्यालय विकासको प्रस्ताव तयार गरी सम्बन्धीत निकायमा पेश गर्ने ।

४. चन्दादाता, समाजसेवी, पूर्व प्रअ, शिक्षक तथा शिक्षाप्रेमीलाई सम्मान गर्ने ।

५. विद्यालयमा सुरक्षा प्रबन्ध मिलाउने साथै बालबालिकाको तहगत गुणस्तर बृद्धि गर्न लगानीमैत्री वातावरण सिर्जना गर्ने ।

६. असल शिक्षक पुरस्कृत गर्न र मनोबल प्रदान गर्न सहयोग गर्ने, शिक्षक अभिभावक तथा विद्यार्थी, विव्यस, शि.अ.स.का कार्यगत एकरुपता ल्याउने ।

७. भौतिक पूर्वाधारमा स्थानिय, प्रदेश तथा संघिय सरकारसंग बजेटको माग गर्ने ।

८. पढ्दै कमाउँदै कार्यक्रमलाई थप व्यवस्थित गर्न विद्यार्थी, अभिभावक तथा प्रशिक्षकहरु समेत संयूक्त रुपमा सहभागिता भई आर्थिक विपन्नता भएका बालबालिकाहरुलाई शिक्षाको पहँचमा ल्याउने ।

९. वार्षिक नतिजाको प्रतिफलका आधारमा पुरस्कृत हुने गरी ९ हजारको अक्षय कोष खडा गर्ने र छात्राबृद्धि प्रदान गर्न १ लाख गरी १ लाख ९ हजार रुपैया विव्यस अध्यक्ष र प्रअ टर्क बहादुर खत्रीलाई हस्तान्तरण गरिएको ।

१०. वडाका सबै विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा नै अध्यापन गर्ने गरी टोल शिक्षा समिति, घरदैला अभियान गर्ने ।

११. लगानी मैत्री वातावरण बनाउन वडा शिक्षा समिति, विद्यालय प्रशासन र अभिभावक समेत लाग्ने ।