थप ३ हजार १७५ जना कोरोना संक्रमित, कुन जिल्लामा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ भने ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ६१ हजार ८६२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८१ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०४ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा १९६, मोरङमा ८५, झापामा ७६, रुपन्देहीमा ६७, काभ्रेपलाञ्चोकमा ५१, चितवनमा ५८ र बाँकेमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँमा ४०, स्याङ्जामा ३४, दाङमा २९, मकवानपुरमा २६, कञ्‍चनपुरमा २४, बागलुङमा २२ र बर्दियामा २० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।