अपांगता दिवस दिवसको अवसरमा सहायक सामग्री हस्तान्तरण

कोहलपुर ।

बाँकेको कोहलपुरमा ३२ औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा २२ जनालाई सहायक सामग्री हस्तान्तरण गरिएको छ ।

कोहलपुर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष तथा कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख विरेन्द्र कुमार शाह, सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकाल,  नेपाल घरेलु महासंघ कोहलपुर नगर समिति अध्यक्ष हेम विक्रम जिसी र अपाङ्ग नवजिवन केन्द्र  काेहलपुर बाँकेका अध्यक्ष जंग बहादुर डाँगीले २२ जनालाई सहायक सामग्री हस्तान्तरण गरेका हुन् ।

सहायक सामग्रीमा ह्विलचियर ५ थान, ट्वाईलेट ह्विलचियर ३ थान, कृतिम हात ६ थान, कृतिम खुट्टा ७ थान, क्यालिफर ३ थान, लौरा २ थान, बैशाखी ६ थान, सिलाईकटाई मेसिन २ थान र वाकर १ गरी ३५ थान सामग्री हस्तान्तरण गरिएको थियो ।

कोहलपुर नगरपालिकादेखि चौराह परिक्रम गरी पुन कोहलपुर नगरपालिकाको सभा हलमा कोण सभा गर्दै महिला तथा बालबालिका शाखा प्रमुख घटना शाहले स्वागत मन्तव्य राखेकी थिइन् ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ । यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित सो दिवस मनाइएको हो ।