कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका ४ मा रहेको समावेशी माध्यमिक विद्यालयलाई सामुहिक देउसी भैलोले डेक्सबेन्च हस्तान्तरण गरेको छ ।
बुधबार बैजनाथ गाउँपालिका ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही र सामुहिक देउसीभैलो समितिका संयोजक धन बहादुर नेपालीले संयुक्त रूपमा समावेशी माविका प्रधानाध्यापक रमण प्रसाद सुवेदीलाई हस्तान्तरण गरेका हुन् ।

देउसीभैलो समितिका संयोजक नेपालीले देउसीभैलो खेलेर भ्रमण तथा अन्य फजुल खर्च गर्नुभन्दा सामाजिक काममा लगाएको बताए । विपन्न वर्गका बालबालिका पढिरहेको विद्यालयमा ७० हजार बराबर डेक्सबेन्च सहयोग गर्ने पाउँदा आफू लगायत सम्पूर्ण टिम नै निकै खुसी भएको नेपालीले बताए ।
हस्तान्तरण कार्यक्रममा देउसी भैलोमा बालबालिका प्रत्यक्ष जोडिएका हुन्छन् तर पिकनिक तथा भ्रमणमा बजेट खर्च गर्छन तर फर्जुल खर्च नगरी सामाजिक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिए ।
संयोजक नेपाली भएतापनि सामुहिक देउसी भैलोको नेतृत्व विवेक वली, तुल्सी प्रसाद आचार्य र कौशिला कठायतले गरेका थिए भने साथै आर्थिक संयोजक नविन सिंहले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बैजनाथ गाउँपालिका ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले मर्मत खर्चबाट विद्यालयमा फर्निचर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक कार्यमा सहयोग गर्ने देउसी भैलोमा आफू नै जोडिएर देउसीभैलो खेल्ने समेत सामाजिक कार्यमा समाजलाई समेत जोड्ने बताए । हस्तान्तरण कार्यक्रममा देउसी भैलोलाई ५ हजार भन्दा बढि दक्षिणी दिने व्यक्ति तथा संस्थालाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

सम्मान हुनेमा खडक सिंह थारू (११ हजार रूपैयाँ), धन बहादुर नेपाली (१० हजार ३ सय रूपैयाँ), मनिराम खनाल (८ हजार ५ सय ८१ रूपैयाँ), न्यू प्रगति टोल सुधार समिति (५ हजार ५ सय रूपैयाँ), धर्म बहादुर मल्ल (५ हजार ५ सय), पुरणसिंह विक (५ हजार रूपैयाँ), हिरा बुढा मगर (५ हजार रूपैयाँ), लाई सम्मान गरिएको थियो भने १ हजार भन्दाबढि दक्षिणा दिने व्यक्तिहरूलाई समेत खादामाला सहित सम्मान गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा शिक्षा शाखा प्रमुख विश्वराज ढकाल, सामुहिक देउसी भैलोका सम्पुर्ण दिदिबहिनी तथा दाजुभाइ र विद्यालयका शिक्षक, विद्यार्थीहरूको सहभागि रहेका थिए भने समावेशी माविका शिक्षक विवेक वलिले कार्यक्रम सञ्चालन गरेका थिए ।





कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्