कोहलपुर नगरपालिकाले शैक्षिक संस्था दर्ता गर्न आग्रह, दर्ता नगरे बन्द गर्ने

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले शैक्षिक संस्थाहरुलाई दर्ता गर्न आग्रह गरेको छ ।

व्रिज कोर्ष, तालिम केन्द्र ट्यूसन कोचिङ्ग, विदेशी भाषा कक्षा जस्ता विद्यालय बाहिर हुने शैक्षिक परामर्श सेवाहरु नगरपालिकामा दर्ता गरी सञ्चालन गर्न सूचना जारी गरेको छ ।

कोहलपुर नगरपालिकाका सूचना अधिकारी तथा शिक्षा तथा यूवा खेलकुदका अधिकृत रवि मिजारले कोहलपुरमा सञ्चालन भएका शैक्षिक संस्थाहरुलाएई दर्ता गर्न आग्रह गरेको बताए ।

मिजारका अनुसार नगरपालिकाको कार्यविधि अनुसार पालिकामा तोकिएको मितिमा दर्ता नभए कारवाहीको पक्रिया अगाडि बढाउने छौं ।

कोहलपुर नगरपालिकामा विगत लामोसमय देखि शैक्षिक संस्थाहरु विना दर्ता सञ्चालन रहेको भन्दै कोहलपुर टुडेले समाचार प्रकाशन गरेको थियो ।

शैक्षिक संस्थाहरुले मनपरी रुपमा ‘फि’ लिएको र आफूखुसी सञ्चालन भएको हुँदा कोहलपुरमा कति शैक्षिक संस्थाहरु छन्, भन्ने अझै नगरपालिकासंग जानकारी नै छैन ।

कोहलपुर क्षेत्रभित्रका शैक्षिक संस्थाहरुलाई दर्ता पक्रियामा लिन २०७६ पुष २८ गते नगरपालिकाले शिक्षा ऐन पारित गरेको थियो ।

अनुमति तथा नियमन सम्बन्धी कार्यविधि २०८० को अनुसूची १ बमोजिम निवेदन दिने व्यवस्था रहेको प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले जानकारी दिए ।

दर्ता पक्रियामा नजाने अथवा अटेरी गर्ने शैक्षिक संस्थाहरुलाई बन्द गर्ने उद्देश्यका साथ अगाडि बढेको प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिए ।