कोहलपुर ।
जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि नेशनल प्याब्सन बाँकेको टोली राहत सामग्री लिएर प्रस्थान भएको छ ।
छ लाख रुपैयाँ भन्दा बढिको राहत सामग्री लिएर नेशनल प्याब्सन बाँकेको टोली आज विहान (शनिबार) भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा प्रस्थान भएको हो ।
नेशनल प्याब्सनका केन्द्रिय सदस्य श्याम कुंवरको नेतृत्वमा लुम्बिनी प्रदेशका सह-कोषाध्यक्ष कमल पछाई, जिल्ला अध्यक्ष किशोर राज मल्ल, सचिव वेगम चन्द, कोहलपुर नगरपालिकाका नगर अध्यक्ष विष्णु प्रसाद केसी लगायतको टोली राहत सामग्री लिएर जाजरकोट गएका छन् ।
बाँके जिल्लाका नेशनल प्याब्सनमा आवद्ध सम्पूर्ण सदस्यहरुले संकलन तथा जनज्योति पब्लिक हाई स्कुलले विशेष सहयोग गरी प्रिफर्म म्याट, बल्यांकेट, म्याट, त्रिपाल लगायतका सामग्री सहयोग जुटाएको नेशनल प्याब्सनका केन्द्रिय सदस्य श्याम कुंवरले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्