नेपालमा बैदेशिक रोजगार र बैदेशिक रोजगारमा जाँदा ध्यादिनु पर्ने आधारहरु

एकराज शर्मा

के हो बैदेशिक रोजगार भनेको ?

वास्तवमा आफ्नो देशबाट विदेशमा गई गरिने रोजगारीलाई वैदेशिक रोजगार भनिन्छ । नेपालमा बैदेशकि रोजगारका लागी विदेशीनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । धेरैजसो रोजगारीका लागी त कतिपय आफनो अध्ययनका लागी जाने गरेपनि कतिपय भने रोजगारी तथा अध्ययन दुवैको लागी जाने गरेका छन् ।

तर कतिपय भने रमाइलो यात्राको लागी जाने गरेका छन् । जो जुन उद्देश्यले जाने गरेतापनि आफनो देश वा जन्मभूमि एवम् मातृभूमि छोडेर देशबाहिर जानेहरुको संख्या पछिल्लो समयमा निकै बढि रहेको हामीले सञ्चार माध्यममा सुनिरहेका छौं । यसरी जानु कुनैपनि देशको लागी राम्रो होइन किनभने १५ देखि ४५ वर्ष सम्मको युवा जनशक्तिहरुले आफनो देशमा काम नगरी अर्काे देशमा बगाएको पसिनाले त्यही देशको विकास र समृद्धि हुनेकुरामा कसैको आसङ्का छैन । पछिल्लो समयमा नेपालबाट श्रम स्विकृति लिएर आ.व. २०७८ र ०७९ सम्ममा विदेश जाने पुरुष ४९,९१,९४ र महिला ४६,९१६ गरी जम्मा ५१,४६,११० जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा स्पष्ट छ ।

वैदशिक रोजगारबाट आएको विप्रेषणले नेपालको अर्थतन्त्रमा सहयोग केहि समय सहयोग त पुगेको छ । सकेसम्म बैदेशिक रोजगारीमा नगएर स्वदेशमै काम गरौं यदि जानुपर्ने भए स्वदेशमै सीप सिकेर मात्र जाऔं । आजभोली विदेश जानेहरु गैरकानुनी रुपमा जाने गरेकाले आम नेपालीहरु विदेशमा अलपत्र परेको सुनिन्छ ।

कुनैपनि जानकारी नगराई गैरकानुनी तवरले विदेश जाने काम राम्रो होइन । जसले गर्दा विदेशमा निकै शास्ति व्यहोर्नु परेको छ । सरकारले हाल १११ मुलुकमा वैदेशिक रोजगारको लागि खुला गरेको छ । जसलाई वैदेशिक रोजगार विभागको धधध।मयाभ।नयख। लउ मा हेर्न सकिने व्यवस्था छ । विश्वका १११ देशहरु मध्ये हाललाई ३ देशमा वैदेशिक रोजगारको लागि जान भने बन्देज लगाएको छ ती देशहरु ईराक, लिविया र अफगानिस्तान हुन् । कतिपय व्यक्तिहरु गैरकानुनी रुपमा यी देशहरुमा भारतको भूमि प्रयोग गरी जाने गरेको पनि पाईन्छ यसरी जानु गैरकानुनी र गैर जिम्मेवार काम हो ।

कसरी जाने वैदेशिक रोजगारीमा  ?

वास्तवमा वैदेशिक रोजगारीमा मूख्यतया तिन तरिकाबाट जान सकिन्छ ती हुन् नेपाल सरकार मार्फत वैदेशिक रोजगारीमा जान सकिन्छ । संस्थागत रुपमा नेपाल सरकारद्वारा इजाजत प्राप्त म्यानपावर एजेन्सी मार्फत वैदेशिक रोजगारीमा जानु संस्थागत र कानुनी हो । व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान चाहने व्यक्ति स्वयंले श्रम स्विकृतिको प्रक्रिया पूरागरी वैदेशिक रोजगारमा जान सकिन्छ । यसरी जाँदा विदेशमा हुने जोखिमको जिम्मेवारी स्वयंले लिनु पर्ने हुन्छ यो राम्रो होइन ।

के छन् वैदेशिक रोजगारीका वैदेशिक रोजगारीका फाइदा र बेफाइदा ?

वैदेशिक रोजगारको कारण राष्ट्र, परिवार र व्यक्तिलाई प्रत्यक्ष रुपमा फाईदा भएको देखिएपनि यसका फाइदाको चर्चा गर्दा आय आर्जनमा टेवा पुग्ने, बाह्य विश्वबारे जानकारी हुने, नयाँ सीप दक्षता हासिल हुने, मानिसको जीवनयापनमा सघाउ पुग्ने, देशको लागि वैदेशिक मुद्रा आर्जन हुने, बृद्धबृद्धा र बालबालिकाहरूमा समस्याहरु देखापर्ने, स्वास्थ्य शिक्षाको लागि सहज अवस्था देखापर्ने, देशभित्र प्रविधि र सीप भित्रने, जसता फाइदा भएपनि स्वदेशको उत्पादित युवाजनशक्ति विदेशिने, परिवारबाट टाढिन भौतिक रुपमा सहज जीवन गर्न असहज हुने, स्थानीय साधानस्रोत र सीपको उपयोग नहुने, घरेलु उत्पादनमा गिरावट आउने, घरायसी र पारिवारिक खर्चको सिमा नहुने, दम्पतिविच नकारात्मक भावनाको पैदा हुने, कतिपयको घरबार समेत विग्रने, पारिवारिक बिखण्डन हुन सक्ने, नकारात्मक असर पर्न सक्ने उद्यमशीलतामा ह्रास आउने र नकारात्मक सामाजिक मूल्य चुकाउनु पर्ने जस्ता वेफाइदा रहेका छन् ।

घरेलु कामदारको रुपमा काम गर्न जाँदा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?

घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जान चाहनेले तीस दिनको आवासीय तालिम लिएरजानु आवश्यक हुनछ । यो तालिम लिंदा कुनै शुल्क लाग्दैन र आवास खाना खर्च समेत निःशुल्क सरकारले दिन्छ । घरेलु कामदारलाई कतिपय देशको श्रम कानूनले समेत मेटेको हुँदैन । जाने मान्छेले सम्झौतापत्र राम्रोसंग पढेर आफु काम गर्ने परिवारको पृष्ठभुमि बुझेर, भाषा सीप सिकेर घरेलु काममा जानु पर्दछ । आफु गन्तव्य देशमा पुगेपछि आफ्नो अवस्थाबारे नेपाली दुतावासमा जानकारी गराउनु पर्दछ । नेपाल सरकारले गन्तव्य मुलुकसंग दुई पक्षीय श्रम सम्झौता गरेर मात्र वैदेशिक रोजगारमा घरेलु कामदार पठाउन अनुमती दिन्छ । तेश्रो संसोधन निर्देशिका २०७३ वैदेशिक रोजगार र मानव बेचबिखन वैदेशिक रोजगारको नाममा मानव बेचबिखनको कार्य हुन सक्ने हुँदा यसबाट होसियार हुनु पर्दछ । आफूले कुरा नबुझी अरुको लहैलहैमा लागेर वैदेशिक रोजगारमा जाने गर्नु हुँदैन । अरुले राम्रो काममा लगाई दिने र पैसा धेरै हुने लोभमा झुक्याउन सक्ने भएकाले त्यसप्रति होसियार हुनु पर्छ । यदि आफु बेचबिखनमा परेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्नु पर्दछ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिले गर्नुपर्ने तयारी वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले के के तयारी गर्ने ?

मानसिक तयारी वैदेशिक रोजगारीमा गएपछि आफूलाई तोकिएको काम गर्ने सीप र क्षमता कस्तो छ ? कुनै समस्या परेमा सो को सामना गर्ने आँट छ, छैन ? जस्ता विषयहरूको बारेमा सोचेर तयारी गर्नु पर्दछ । मानसिक रुपमा अस्वस्थ भएका व्यक्तिहरू वैदेशिक रोजगारमा जाँदा समस्या हुन सक्छ । शारीरिक तयारी स्वास्थ र तन्दुरुस्त व्यक्तिले मात्र वैदेशिक रोजगारीमा जान गर्नु पर्छ । उमेरको पनि ध्यान दिनुपर्दछ । आर्थिक तयारी वैदेशिक रोजगारीमा जान लाग्ने खर्च जस्तै टिकट, भिषा, म्यानपावर एजेन्सीलाई बुझाउने सेवा, स्वास्थ जाँच र अभिमुखीकरण तालिम शल्कहरुको बारेमा प्रष्टसँग बुझि रकमको तयारी गर्ने ।

वैदेशिक रोजगारीको लागि गर्नुपर्ने आधारभूत खर्च जस्तोः पासपोर्ट बनाउँदा लाग्ने शुल्क र यातायात खर्चको व्यवस्था गर्नु पर्दछ । पारिवारिक तयारी भाषा र सीप सिक्ने आफू कुन काम गर्न जाने हो सो कामको सीप सिकेर र जुन देशमा जाने । म्यानपावर छनौट गर्दा उक्त म्यानपावर इजाजतपत्र प्राप्त हो, होइन ? कारवाहीमा परेको छ, छैन ? विगतमा विवादमा परेको छ कि भन्ने बुझ्नु पर्दछ । वैदेशिक रोजगार विभागमा सम्पर्क गरेर जाने । कुनै आधिकारिक परिचय नभएको व्यक्तिलाई पैसा बुझाउनु हुदैन ।

पैसा बुझाउनु पर्दा साक्षी राखी अनिवार्य रुपमा भरपाई लिनु पर्दछ । म्यानपावरले व्यक्तिगत श्रम स्विकृती बनाई पठाउन लागेको भए त्यसरी जानु हुँदैन । व्यक्तिगत भिषा आएको हो सो बारेमा आफू र परिवारमा पनि जानकारी गराउनु पर्दछ । बीमा देखि श्रम स्वीकृति लगायतको कागजात समेत राम्रोसँग व्यवस्थित गर्नु पर्दछ । आफुलाई थाहा नभएका कुराहरू सरकारी निकायहरूबाट जानकारी लिनु राम्रो हुन्छ । श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जाँदा आई पर्न सक्ने समस्याहरू कसैले पनि श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जाने प्रयास गर्नुहुँदैन ।

दलालहरूबाट ठगिने, मानव तस्करी तथा बेचबिखनमा पर्न सकिने, रोजगारी पाउनको लागि तोकिएको भन्दा धेरै रकम तिर्नुपर्ने, भनिएको भन्दा जोखिमयुक्त काम गर्नुपर्ने अवस्था आउने, त्यस्तो समस्यामा परेमा कसैलाई जिम्मेवार बनाउन नसकिने दुर्घटना अन्य कारणले मृत्यु हुँदा उद्धार गर्न समस्या हुने सम्भावना रहनछ ।

श्रम स्विकृति लिएर गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र मृत्यु भएमा वा अंगभंग भएमा वा गम्भिर विरामी भएमा बोर्डले आर्थिक सहायता प्रदान गर्ने व्यवस्था छ । वैदेशिक रोजगारीको पूर्व प्रस्थान गर्दा आफुलाई आवश्यक पर्ने सूचनाहरुका साथै वैदेशिक रोजगारको सम्बन्धमा सरकारले स्थापना गरेका सरकारी निकायहरू र तिनिहरूको काम कारवाहीहरूको बारेमा समेत जानकारी लिनु राम्रो हुन्छ । यो चरणमा निम्न प्रक्रिया पूरागर्नु पर्दछ ।

वैदेशिक रोजगारको प्रक्रिया म्यानपावरले दुतावासबाट प्रमाणित गरेको मागपत्र ल्याएपछि वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति दिने व्यवस्था छ । पूर्व स्वीकृति पछि म्यानपावरले कामदार छनौट गर्ने । राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागमा गई बनाउनु पर्छ । विदेश जान चाहने कामदारले आफ्नो हकवालाको नाममा बैंक खाता खोल्नु पर्दछ । वैदेशिक राजेगारीमा जान १८ वर्ष उमेर पुगेको हुनुपर्दछ ।

के के गर्ने बेदेशिक रोजगारीका लागि ?

करार पत्र कम्पनी र कामदारबीच र म्यानपावर संस्था, कामदार बीचको रोजगार सम्झौता गर्नुपर्दछ । हवाई टिकट व्यवस्था सम्झौता अनुरुप गरिएको हुन्छ । सेवा शुल्क बुझाउने मेनपावरलाई सेवा शुल्क वापत रकम बुझाउनु परेको भए सोको भौचर लिनु पर्दछ । स्वास्थ्य जाँच वैदेशिक रोजगारमा जानेले स्वास्थ जाँच गराई प्रमाणपत्र लिनु पर्दछ । सीप तालिम आफूले गर्ने कामका विषयमा तोकिए बमोजिमको तालिमको प्रमाणपत्र पर्दछ । अभिमुखीकरण तालिम प्रस्थान गर्ने निश्चित भएपछि दुई दिन अवधिको यो अनिवार्य तालिम लिएर प्रमाणपत्र लिनु पर्दछ । प्रहरी प्रतिवेदन यो आवश्यकता अनुसार बनाउनु पर्ने हुन्छ र सबैका लागि अनिवार्य छ । बीमा वैदेशिक रोजगारमा जानेको लागि म्यादी जीवन बीमा अनिवार्य छ ।

के के कसरी प्राप्त गर्छन जीवन विमा ?

कल्याणक कोषमा रकम बुझाउनु पर्दछ । बीमाबाट कामदारले पाउने रकमको शीर्षकहरू मिति २०७३ साल साउन १ गतेदेखि लागू हुने गरी जीवन बीमा वापत रू १० लाख बिमितको आयको नोक्सानी बापत रू २ लाख क्रिया खर्च बापत रू १ लाख औषधि उपचार खर्च बापत रू १ लाख सम्म शव ल्याउन खर्च बापत रू १ लाख सो बीमा गर्दा बीमा अवधि र उमेर समूह हेरी न्यनतम रू १,५०० र (अधिकतम रू ३,५०० र सम्म रकम प्रिमियर तिर्नुपर्ने व्यवस्था गरिएको केन विदेशमा काम गर्ने अवधि थप भएमा बीमा अवधि पनि थप गर्नु पर्दछ । स्रोतः वैदेशिक रोजगार बोर्ड, २०७६ देखि रोजगारीका शर्तहरू रोजगारीका शर्तहरु साथै आफू जाने देशमा लागू हुने बिदा तथा काम गर्ने दिनको बारेमा पनि जानकारी राख्नु राम्रो हुन्छ । सम्बन्धित देशको श्रम र अध्यागमन सम्बन्धी कानून र ट्राफिक नियम वैदेशिक रोजगारमा जानेले आफू काम गर्न जाने देशको श्रम सम्बन्धमा बनेका कानूनहरू र अध्यागमनका नियमहरूको जानकारी राख्नु पर्दछ । सडकमा लागु हुने ट्राफिक नियमहरूको बारेमा पुरा जानकारी नलिई सडक प्रयोग गर्नु हुँदैन ।

कामदारले पालना गर्नु पर्ने न्यूनतम नियमहरु के के हुन् ?

आफुले काम गर्ने मुलुकको कानून बमोजिम विदेशी कामदारहरूले पालना गर्नुपर्ने केही नियमहरू भए त्यसको पालना गर्नु पर्दछ। कसैको उक्साहट वा लहैलहैमा लागेर निषेध गरिएको काम गर्नु हुँदैन । वैदेशिक रोजगारको लागि प्रस्थान गर्दा ध्यान दिनु पर्ने कुराहरू सबै कागजातहरू आफुसंग सुरक्षित साथ राख्ने । उक्त कागजातहरूको एकप्रति फोटोकपि गरी आफ्नो घरपरिवारमा छोड्ने । वैदेशिक रोजागारको क्षेत्रसँग सम्बन्धित सरकारी निकायहरू खासगरी वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, सम्बन्धित देशको राजदुतावास, आफू काम गर्न जाने कम्पनी, सम्बन्धित म्यानपावर एजेन्सी तथा अन्य संस्थाको फोन नम्बर लिनु पर्दछ । काम गर्ने स्थानसम्म पुग्ने क्रममा लाग्ने अत्यावश्यक पैसाको व्यवस्था गर्नु पर्दछ । जस्तोः पानी, सामान्य खानेकुरा, फोन गर्नु पर्दा लाग्ने खर्चको लागि आवश्यक रकम बोक्नु पर्दछ । विमान मार्फत जाँदा अनुमति दिइएको निश्चित किलो भन्दा बढि तौलका सामान लैजान हुँदैन । लैजान मिल्ने र नमिल्ने सामानको बारेमा राम्रोसँग जानकारी लिनु पर्दछ । हवाई जहाजमा लान हुने र नहुने जानकारी हुनु पर्दछ ।

आफुले के गर्ने र के नगर्ने ?

कामको बारेमा स्पष्ट हुने कम्पनी वा रोजगारदाताबाट तपाईलाई लिन आउने व्यक्तिसंग सम्पर्क गर्ने, यदि लिन नआएमा कम्पनीमा फोन गर्ने, काम गर्ने स्थानमा पुगेपछि आफूले गर्नुपर्ने कामको राम्ररी जानकारी लिने, आफुलाई थाहा नभएको कुरा थाहा छ भनि नभन्ने, काम गर्दा मेशिन सम्बन्धी काम छ भने सुरक्षाका उपाय बारे बुझ्नु हो । अनुशासन पालना गर्ने काम गर्ने समयको सदैव पालना गर्ने, रोजगार करारका शर्तहरूको पालना गर्ने, कामप्रति सदैव इमान्दार हुने, आफूभन्दा अगाडीको व्यक्ति लाई सम्मान गर्ने, बढि बोल्ने, अनावश्यक गफगर्ने मानिसको संगत नगर्ने, सम्बन्धित देशको कानूनको पालना गर्ने, आवश्यक परेका बखत सामाजिक संघरसंस्था तथा ट्रेड युनियनको सहयोग लिने काम गर्नु राम्रो हुनछ ।

खानपान र बसाईमा विशेष ध्यान दिने बढि शारीरिक श्रम गर्नुपर्ने कामदारहरूले समयमा खानेकुरा खाने तथा प्रशस्त पानी पिउने वानी बसाल्ने, कुनैपनि काम गर्दा वा सुतेको वेलामा तातो चिसोको सन्तुलन नमिल्दा बेहोस भई मृत्यु समेत हुनसक्ने भएकाले यसको सहि पालना गरी काम गर्ने, मादक पदार्थ सेवनबाट नगर्ने, आफ्नो करार अवधिको ख्याल गर्ने आफूले काम गर्ने देशमा तोकिएको करार अवधिसम्म मात्र विदेशमा बस्ने यदि बढी समय बस्नु परे थप स्विकृती लिएर बस्ने काम गर्नु पर्दछ । यदि स्वदेशबाट घरमा आई काममा फर्कने भएमा पुनः श्रम स्वीकृती लिएर मात्र जाने काम गर्नु पर्दछ ।

आफुले कमाएको रकमको उचित व्यवस्थापन गर्ने, विदेशमा कमाएको रकम अनावश्यक खर्च नगर्ने, आफूले गरेको बचत रकम घर परिवारमा पठाउँदा पनि अत्यावश्यक बाहेकको खर्च नगर्न परिवारलाई आवश्यक सल्लाह दिने, बचाएको रकम नेपाल पठाउदा बैंक वा मान्यता प्राप्त मनी एक्सचेन्ज र ट्रान्सफर मार्फत मात्र पठाउने, हुन्डी वा व्यक्ति मार्फत नपठाउँने, बचत रकम आफ्नै बैंक खातामा विदेश जानु अघि खाता खोल्नु पर्ने, पारिवारिक सम्बन्ध बिग्रन नदिन विशेष होशियार हुने र परिवारसँग समय समयमा सम्पर्क गर्ने गर्नु आवश्यक छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिले वैदेशिक रोजगार व्यवस्थापन गर्ने सरकारी निकायहरू कुन कुन हुन् ? र यी निकायहरूले के के काम गर्दछन् ?

वैदेशिक रोजगार नियमन सम्बन्धी विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगारको विषयमा नीति निर्माण गर्ने नेपाल सरकारको केन्द्रीय निकाय छ । वैदेशिक रोजगार बोर्ड वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु भएमा तथा अङ्गभङ्ग भएमा आर्थिक सहयोग गर्दछ । यसले कामदारको उद्धार गर्ने, विदेशमा मृत्यु भएका कामदारको शव नेपाल झिकाउने र घर ठेगानासम्म लैजाने काम बोर्डले गर्दछ ।

वैदेशिक रोजगार विभाग तथा अन्तर्गतका कार्यालयहरू यस विभागले म्यानपावर एजेन्सी दर्ता, नविकरण, अनुगमन तथा कारवाही गर्दछ । वैदेशिक रोजगार सम्बन्धी उजुरी लिने, कसुरको छानविन गर्ने, जरिवाना गर्ने, क्षतीपूर्ति भराउने तथा मुद्दा दायरगर्ने काम गर्दछ । त्यस्तै विभाग अन्तर्गतका कार्यालयले मूख्यतः वैदेशिक रोजगारमा जानेहरूको लागि श्रम स्वीकृति दिने गर्दछ । वैदेशिक रोजगार न्यायधिकरण यो वैदेशिक रोजगारका मुद्दाहरु हेर्ने न्यायिक निकाय छ ।

यसले वैदेशिक रोजगार सम्बन्धी मुद्दाहरूको सुनुवाई गरी फैसला गर्ने गर्दछ । राहदानी तथा कन्सुलर विभाग राहदानी विभागले राहदानी बनाई वितरण गर्दछ भने कन्सुलर विभागले वैदेशिक रोजगारको क्रममा कामदारलाई आइपर्ने समस्या दुतावाससँग समन्वय गरी समाधानको सहजीकरण गर्दछ । नेपाली दुतावासहरू र श्रम सहचारी विदेशमा रहेका नेपालीहरूको लागि राहदानी बनाउने, उद्धार गर्ने, कानुनी कार काहीमा कामदारलाई सहयोग गर्ने, सूचना दिने समेतका काम राजदुतावास र श्रम सहचारीले गर्दछ ।

निष्कर्ष

बेचबिखन गर्ने व्यक्तिलाई २० वर्षसम्म जेल सजाय हुन्छ । यस्तो मुद्दा सरकारवादी हुन्छ । सरकारवादी मुद्दामा सरकारले नै पीडितको तर्फबाट मुद्दा लडिदिन्छ । पीडितको पैसा लाग्दैन ।वैदेशिक रोजगारीको तयारी चरण नेपाल सरकारले दक्षिण कोरिया, मलेशिया, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, बहराईन, ओमान र कुवेतमा श्रम सहचारीको व्यवस्था गरेको छ । श्रम सहचारीको कार्यालय सम्बन्धित देशको राजदुतावास कतिपय देशमा कन्सुलरको कार्यालयमा छ । प्रमुख जिल्ला अधिकारी वैदेशिक रोजगार ऐनमा भएको पछिल्लो संशोधनले वैदेशिक रोजगारसँग सम्बन्धित उजुरी प्रमुख जिल्ला अधिकारी समक्ष पनि दिने व्यवस्था छ ।

परेका उजुरीमध्ये प्रमुख जिल्ला अधिकारीले व्यक्तिगत मुद्दामा मिलापत्रको माध्यमबाट पिडितलाई क्षतिपूर्ति दिलाउन सक्ने पवधान समेत छ । संस्थागत उजुरी प्रमुख जिल्ला अधिकारीले वैदेशिक रोजगार विभागमा पठाउनु पर्दछ । स्थानीय निकायले वैदेशिक रोजगारबारे जनचेतना अभिवृद्धि गर्ने, तथ्या्ङ्क संकलन गर्ने, सिप तालिम दिलाउने र वैदेशिक रोजगारबाट फर्केको कामदारको पुर्नस्थापना गर्ने कार्य गर्ने समेत गर्दछ । अधिकार राख्दछन् । वैदेशिक रोजगारसंग सम्बन्धित निजी संस्थाहरू वैदेशिक रोजगारको क्षेत्रमा तोकिएको काम गर्न सक्ने गरी नेपाल सरकारले इजाजत पत्रवाला म्यानपावर, अभिमुखीकरण तालिम दिने संस्था, स्वास्थ्य जाँच गर्ने संस्था तथा विमा सम्बन्धी काम गर्ने संस्थालाई अनुमति प्रदान गरिएकोले यी निकायहरुमा सम्पर्क गर्न निशुल्क कानुनी सेवा, उद्धार, जनचेतना कार्यक्रम, सेल्टर दिने लगायतका क्षेत्रमा विभिन्न गैरसरकारी संस्थाहरु क्रियासिल छन् । त्यसकारण सकभर विदेश जाने काम नगरी स्वदेशमै रोजगारी गरौं यदि जानै पर्न भए कुनैपनि सीप सिकेर कानुनी प्रक्रियाहरु पुरागरी जाने काम गरौं ।

सन्दर्भस्रोत
मानव अधिकाका लागी जनमञ्च (२०७५), वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जनका लागी प्रस्ताव,
काठमाडौं : अनामनगर
मानव अधिकाका लागी जनमञ्च (२०७९), वैदेशिक रोजगारीका लागी जानकारी तेस्रो संस्करण,
काठमाडौं : अनामनगर
सरक्षित आप्रवासन तथा वैदेशिक रोजगार सम्बन्धित सचेतनात्मक अभिमुखीकरण कार्यक्रम (२०८०),
ज्ञानोदय सामुदायिक पूस्तकालय तथा स्रोतकेन्द्र, बाँके : कोहलपुर

लेखक : मध्पश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बाँके पाठ्यक्रम तथा मूल्याङ्कन विषयका उप प्राध्यापक हुन् ।