Kohalpur Today Header Ads

कोहलपुर मालपोतमा छापा : कर्मचारी सहित तीन जना पक्राउ




कोहलपुर । मालपोत कार्यालय कोहलपुरमा अख्तियारले तीन जनालाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत खरिदार हरि प्रसाद पाण्डे लगायत तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।

LIfe Ok

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी झलक केसीका अनुसार कागजात नपुगेको र सोही कामको लागि तिवारी होटलमा लेनदेन भइरहेको सूचना आधारमा तीन जनालाई पक्राउ गरेको बताए ।

पक्राउ पर्नेमा लेखापढी व्यवसायी शान्ति पुन, तिवारी रेष्टुरेन्टका सञ्चालक घनश्याम तिवारीलाई नगद २० हजार सहित रङ्गेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी केसीले जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार