
कोहलपुर । मालपोत कार्यालय कोहलपुरमा अख्तियारले एक जनालाई शुक्रबार नगद सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत हरि प्रसाद पाण्डेलाई नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार कागजात नपुगेको र सोही कामको लागि तिवारी रेष्टुरेण्टमा लेनदेन भइरहेको सूचना आधारमा उनीलाई नियन्त्रणमा लिएको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी झलक केसीले नगद २० हजार सहित रङ्गेहात नियन्त्रणमा लिएको कोहलपुर टुडेलाई जानकारी दिएका छन् । थप विवरण आउन बाँकी ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्