रेडक्रस कोहलपुर उपशाखाको सभापतिमा निर्विराेध सिग्देल निर्वाचित

काेहलपुर ।

नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाको आगामी कार्यकालको लागि विभिन्न पदमा शनिवार उमेदवारी परेको छ । जसमा सभापति, महिला उप सभापति, उप सचिव र उप कोषाध्यक्ष र महिला सदस्यमा भने निविरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा दिनेश सिग्देल, महिला उपसभापतिमा उर्मिला सुवेदी पौडेल, सचिवमा संजय कुमार पन्त र जयश्वर पौडेल, कोषाध्यक्षमा बासुदेव उपाध्याय र बालकुमारी सापकोटा, उपसचिवमा बद्रि नाथ सोपकोटा, उप कोषाध्यक्षमा गोपी लाल शर्मा, महिला सदस्यमा सत्य देवि ढकाल, खुल्ला सदस्यहरुमा रुद्रमणि न्यौपाने, संगम खनाल, टेकेन्द्र महतरा, छत्र प्रसाद रेग्मी, लोक बहादुर सिंह र हेम कुमार रावतको उमेदवारी परेको छ ।

उमेदवारी फिता लिने समय भने आज दिँउसो १ बजे सम्मको लागि सारिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन पौष २३ गते विहान ११ वज्जे देखि दिँउसो २ वज्जे सम्म हुने निर्वाचन समितिले वताएको छ । सभापतिमा दिनेश सिग्देलको एकल उमेदवारी परेकाले सभातिमा सिग्देल निर्वाचित भएका छन् । निर्वाचित कार्य समितिको २०७९ साल माघ १ देखी २०८१ साल पौष मसान्त दुई वर्षको कार्यकाल रहने छ ।