कोहलपुर । बाँकेको कोहलपुरका पहिलो पटक रात्रीकालिन क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
पश्चिम नेपालमा पहिलो पटक कोहलपुर नगरपालिकाले रात्रीकालिन क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचायले व्याटिङ तथा नगर उपप्रमुख संगीता सुवेदीले वलिङ गरेर गरेका थिए ।
कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्दै कोहलपुरमा रात्रीकालिन खेलकुदका कार्यक्रम गर्न सक्ने सन्देश दिन र युवा तथा खेलप्रेमीहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्न प्रतियोगिता सुरु गरेको बताए ।
यस्तै कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले खेलकुद क्षेत्रलाई संस्थागत र दिगो बनाउँदै लैजान यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिने जानकारी दिए ।
कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले पनि मन्तव्य दिँदै खेलकुद विकासमा नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाइन् ।
उद्घाटन खेलमा सगरमाथाले रोयल बेलनपुरलाई ११ ओभर तीन बलमै पराजित गर्दै सानदार सुरुवात गरेको हो । प्रतियोगिताको पहिलो खेल निकै प्रतिस्पर्धात्मक रहन पुगेको भए पनि सगरमाथा स्पोट्र्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पा¥यो । प्रतियोगिता २० गतेसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्