Kohalpur Today Header Ads

कोहलपुर ९ मा ‘जनतासंग नगर प्रमुख’ कार्यक्रम सम्पन्न




कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं. ९ मा जनतासंग मेयर कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटेर जनताका समस्या, गुणासा र सुझाव सुन्न जनतासँग मेयर कार्यक्रम सुरु भएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

स्थानीय राजनीतिक दल, समाजसेवी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, बुद्धिजिवी, टोल विकास संस्था, शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम गरिएको कोहलपुर नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले जानकारी दिए ।

स्थानिय मन कुमारी चौधरीले लक्षित वर्गका कार्यक्रममा पहुँच वालाका कार्यकर्ता तथा नेताहरुलाई मात्र हुन्छ तर गरिब वर्गका लागि लक्षित वर्गका कार्यक्रमहरु सदुपयोग नपाएको भन्दै गुनासो गरिन् ।

यस्तै सामाजिक अभियान्ता इन्द्र गौतमले नगरपालिकाले टोल विकास समितिको कामको आधारमा सम्मान तथा थप बजेटको व्यवस्थापन गर्न आग्रह गरे । गौतमले भने, ‘टोल कमिटिले काम नै नगरी काम थनकिएको हुन्छ तर फेरी पनि त्यहि स्थानमा बजेट हालिन्छ ।’ यस्तो किन ? भन्दै मेयरलाई प्रश्न गरे ।

करिब दर्जन बढि प्रश्न गर्दै स्थानीयबासीहरुले विकास निर्माणमा स्थानीय सरकारले गरिरहेका कामहरुको बारेमा चासो राखेका थिए । उनीहरुले आफ्नो वडामा सडक निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने गरी कार्यक्रम गर्न नगरपालिकालाई सुझाएका थिए ।

कोहलपुरको भ्यूटावर, रेलिङ्ग काट्ने, डिभाइटर हटाई दुर्घटना बढाउने, आफ्नो वडामा कृषि, शिक्षा, स्वास्थ्य र सुरक्षामा बढि गुनासाहरु गरेका थिए ।

स्थानीयबासीको उठाएका समस्याप्रति नगरपालिका गम्भीर रहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए । नगरपालिकालाई सम्बृद्ध बनाउने गरी आफुहरु लागिपरेको बताए ।

‘अन्य बाटोहरुको पनि स्तर बृद्धि हुन्छ, कुनै वडा सम्बृद्ध हुँदा कुनै वडामा समस्या नै समस्या भन्ने हुदैन । सबै वडाको सन्तुलित विकास हुन्छ’ उनले भने ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकाल, कोहलपुर वडा नं. १४ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नम बहादुर आले, ८ का वडा अध्यक्ष लाल बहादुर राना लगायत करिब १ सय ५० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतबार