कृष्ण कुमार शाही, कोहलपुर ।
कोहलपुर नगरपालिका ५ मा रहेको पञ्चमुखी ईमी स्कुलले तिज विशेष कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । शुक्रबार एक औपचारीक कार्यक्रम गरी तिज विशेष कार्यक्रममा नृत्य प्रतियोगिता भएको थियो ।
नृत्य प्रतियोगितामा दुई चरणमा भएको थियो जसमा कक्षा ४ देखि ७ सम्म र ८ देखि १० कक्षा सम्मका बालबालिकाहरुले नृत्य प्रतियोगिता भएको पञ्चमुखी ईमी स्कुलका प्रिन्सिपल डिल्लीराज घिमिरेले बताए ।
४ देखि ७ कक्षा विचको नृत्य प्रतियोगितामा पुष्पाञ्जली चन्द प्रथम, तृष्णा खड्का द्धितीय र पुजा बम तृतीय भएका थिए भने ८ देखि १० कक्षा विचको नृत्य प्रतियोगितामा दिया स्वर प्रथम, रिया कुवर द्धितीय र प्रथाना कुंवर तृतीय भएका थिए ।
पञ्चमुखी ईमी स्कुलका एमडि किशोरराज मल्ले बालबालिकाहरुको तिज विशेष कार्यक्रममा पनि आफ्नो नृत्य प्रस्तुती राख्दा अझै विद्यार्थीको क्षमता, दक्षता र प्रतिभा बृद्धि गर्ने उद्देश्यले नृत्य प्रतियोगिता राखेको बताए । अतिरिक्त क्रियाकलाप निरन्तर भइरहेको आफ्नो क्षमता, दक्षता र प्रतिभा देखाउन पाउँदा विद्यार्थी समेत खुसी भएको मल्लको भनाई छ ।
कार्यक्रममा पञ्चमुखि ईमी स्कुलका प्रमुख प्रशासकिय अधिकृत बाल कुमार शर्मा अभिभावकका, मुुल्यांकन कर्ता र विद्यार्थीहरुको उल्लेखिनिय उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्