शैक्षिक सुधारमा कोहलपुर नगरपालिकाको पेचिलो कदम

कोहलपुर ।

कोहलपुर नगरपालिकाले शैक्षिक सुधार क्षेत्रमा पेचिलो बन्दै गएको छ । शिक्षामा भएको बेतिथिहरुलाई अन्त्य गर्दै नयाँ योजना सहित अगाडि बढ्दै गएको नगरपालिकाले पछिल्लो अवस्थामा केही फरक कदमहरु चालेको छ ।

भागवण्डाको हिसाबले निश्चित उम्मेदवार खडा गर्ने र क्षमतावानहरूलाई पाखा लगाउने यस्ता शैक्षिक विकृतिप्रति नगरपालिका अब निर्मम रुपमा अगाडि बढेको छ ।

सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्दा दलिय भागबण्डा, आर्थिक चलखेल, नियमित कक्षा अवलोकन, शिक्षकको हाजिरी हेरफेर, पूर्वाधारहरुको मर्मत तथा व्यवस्थापन लगायतमा कडा निगरानी राखेको छ ।

दलिय भागवण्डा, आफ्न्त, नातेदार र ठुला ठुला सेटिङ्ग गर्ने व्यक्तिलाई पेचिलो बनाउँदै नयाँ तरिकाबाट शिक्षक छनौट गर्ने र रिक्त पदहरुमा पदपूर्ति गरिरहेको छ भन्ने विश्वास नलाग्न सक्छ । तर यो सत्य हो ।

शिक्षण सिकाई सहजकर्ता र करार शिक्षकको पदपूर्ति गर्दा नगरपालिकाले लिएको पेचिलो पहिले कदम हो । अझै धेरैले राजनितिक दलले पहिले नै को शिक्षक राख्ने भनी टुङ्गग्याईपछि मात्र विज्ञापन गर्ने पक्रियालाई अन्त्य गरेको छ ।

उदारणका लागि, शिक्षण सिकाई सहजकर्ता र करार शिक्षक नियुक्ति पक्रियामा देख्न सकिन्छ । नगरपालिकाले शिक्षण सिकाई सहजकर्ताको लागि ३९ जनाको लागि विज्ञापन खोलेको थियो ।

जसमा मावि तहमा लेखामा १७ जना, सामाजिकमा १० जना, विज्ञानमा ५ जना, गणितमा २ जना, अंग्रेजीमा २ जना र नेपालीमा २१ जनाले आवेदन दिएका थिए ।

यस्तै आधारभूत तहमा सामाजिकमा ४० जना, विज्ञानमा २७ जना, गणितमा १२ जना र अंग्रेजीमा १७ जनामा आवेदन दिएका थिए । नगरपालिकाले विद्यालयमा करार शिक्षक, कर्मचारी, सिकाई सहजकर्ता छनौट तथा विद्यालय अनुगमन सुवरीवेक्षणका क्रममा प्राविधिक सहयोग उपलब्ध गराउने भनि विज्ञ समूहको आवेदन मागेको थियो । जसमा सामुदायिक विद्यालयका ४८ जना शिक्षकले विभिन्न तहमा विषय विज्ञका रुपमा आवेदन दिएका थिए ।

नगरपालिकाले ४८ जना विषय विज्ञहरु मध्ये विभिन्न विषयगत र तहमा पनि चिठ्ठाद्धारा नाम छनौट गर्‍र्यो । विषय विज्ञको नाम छनौट भएपछि मोवाइल प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले आफ्नो नियन्त्रणमा लिई प्रश्नपत्र निर्माण गरियो ।

परीक्षार्थीहरुका हातहातमा प्रश्न पत्र पुग्दा समेत उहाँहरुको मोवाइल दिइएको थिइन् । जब रिजल्ट आयो अनि मात्र मोवाईल र कसैलाई समेत भेट गर्ने दिइएन् ।

प्रमुख प्रशासकिय अधिकृत ढकाल भन्छन्, ‘प्रश्न पत्र निमार्ण भयो र काँहीकतैबाट प्रश्न पत्र बाहिरिन्छ की भनेर उहाँहरुलाई खाना बस्नको समेत व्यवस्था गरी राखियो । रिजल्ट आउँदा मात्र उहाँहरुको टेलिफोन र भेटघाट गर्नुभयो ।’

कोहलपुर नगरपालिका अन्तरगतका सामुदायिक विद्यालयमा करारमा शिक्षक छनौट गर्ने विषयप्रति धेरै जसोको धारणा नकारात्मक छ । यो स्वाभाविक पनि थियो ।

शिक्षक छनौट गर्ने कुरा राजनीतिक भागबन्डा तथा नातावाद, कृपावादमा हुन्छ भन्ने कुरा धेरैलाई लागेको थियो । तर अब कोहलपुर नगरपालिकाले शिक्षाजस्तो विषयमा राजनीतिक चलखेलको अन्त्य गर्ने उद्देश्यका साथ निश्पक्ष र पारदर्शी परीक्षा पद्धति अवलम्बन गरेको
छ ।

निस्पक्ष प्रतिस्पर्धा र योग्य शिक्षक छान्ने अभियान नै नगरपालिकाको प्राथमिकतामा परेको छ । जसको ज्वलन्त उदाहरण श्रावण २६ र २७ गते खुल्ला प्रतिस्पर्धा मार्फत छनौट गरिएका ३४ जना शिक्षण सिकाइ सहजकर्ताहरूको छनौट परीक्षा हो ।

पहुँच र प्रभावको भरमा नियुक्ति हुन्छ भन्ने भ्रमलाई चिर्दै निस्पक्ष र पारदर्शी परीक्षा सञ्चालन भयो । क्षमतावानहरूले नियुक्ति पाए ।

अर्को उदाहरण, त्रिभुवन मा.वि.कोहलपुरको भाद्र १० गते सञ्चालित शिक्षक छनौट परीक्षा हो । जुन परीक्षा निष्पक्ष परिक्षा हुँदा मावि तहमा लेखा, अंग्रेजी र नेपाली बिषयमा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन सकेनन ।

पुनः भाद्र १९ गते साझ ४ बजे सम्म आवेदन दिन सकिने गरि त्रिमावि विज्ञापन खोलेको छ । नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले योग्य र सक्षम उम्मेदवारहरुले नगरपालिकाले प्रकाशित गरेको विज्ञापनमा स्वस्र्फूत रुपमा आवेदन दिन अनुरोध गरेका छन् ।

आगामी दिनहरूमा पनि नगरपालिकाले यो अभियानलाई निरन्तरता दिने र आफ्नो क्षमतामा विश्वास राख्ने सबैलाई यो अभियानमा सरिक हुन नगर प्रमुख आचार्यले गरेका छन् ।