जनबर्गीय संगठनहरुको निर्वाचन परिचालन समिति गठन

कोहलपुर ।

वाम लोकतान्त्रिक गठबन्धन बाँके निर्वाचन क्षेत्र नं १ ‘ख’ ले मंसिर ४ गते हुने संघ प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न जनवर्गीय संगठनको निर्वाचन परिचालन समिति गठन गरेको छ ।

गठनबन्धको १ ‘ख’ का निर्वाचन परिचालन समितिको संयोजक बलाराम शर्माको प्रमुख अतिथ्यतामा भएको भेलाले, युवा, बिद्यार्थी र महिला संगठनको संयोजक र सह-संयोजक तोकेको छ ।

भेलाले युवा परिचालनको संयोजकमा बिश्वराज लम्साल, सह-संयोजकमा लाल बहादुर खड्का, दिपेन्द्र कुवर र भरत खड्कालाई जिम्मेवारी दिएको छ ।

यसैगरी विद्यार्थी परिचालका लागी राजेन्द्र बिष्टलाई संयोजक, सह-संयोजकमा युवराज बिष्ट, कालि बहादुर डाँगीलाई जिम्मेवारी दिएको छ ।

महिला परिचालका लागि संयोजक बाल कुमारी सापकोटा, सह-संयोजकमा मञ्जु सत्याल र दुरपता पाण्डेलाई जिम्मेवारी दिएको छ ।

भेलापछि बोल्दै निर्वाचन परिचालन समितीका संयोजक बलराम शर्माले गठबन्धनले अगाडी सारेका उम्मेदवारलाई जिताउन निर्देशन दिएका छन् । उनले प्रतिगमनलाई परास्त गर्न गठन भएको गठबन्धनका पक्षमा ईमान्दार तरिकाले लाग्नुपर्ने बताउँदै गठनबन्धले अगाडी सारेका उम्मेदारको जित सुनिश्चत भएको बताए ।

गठबन्धनका निर्वाचन परिचालनका लागि बाँके १ ‘ख’ मा बलराम शर्माको संयोजकत्वमा २ हजार १ सय ५५ सदस्य निर्वाचन परिचालन तथा प्रचार प्रशार समिति गठन गरिएको निर्वाचन परिचनल समितिका सदस्य सचिव बल बहादुर खड्काले जानकारी दिए ।