३८ लाखमा बन्यो महादेवपुरी स्वास्थ्य चौकी, राप्तीसोनारीका अध्यक्ष पौडेल गरे उद्घाटन

राप्तीसोनारी ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरी स्थित महादेवपुरी स्वास्थ्य चौकीले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ ।

बिहीबार राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमका बिच नयाँ भवनको उद्घाटन गरेसंगै स्वाथ्यचौकीले नयाँ भवनबाट सेवा दिन सुरु गरेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपलिका अध्यक्ष पौडेलले गाउँपालिका भित्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँपालिका कटिबद्ध भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु समाधान गरिदै जाने समेत बताएका छन् ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिह थारुले नवनिर्मित स्वास्थ्य चौकी भवनबाट सेवा प्रवाहमा सहज हुने बताइन । स्वास्थ्यचौकीले वर्षौ देखी जिर्ण भवनबाट सेवा दिदै आएको थियो राप्तीसोनारी गाउँपालिकाको ३८ लाख ८४ हजार ७ सय ३० रुपैयाको लागतमा नयाँ स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो ।

स्वास्थ्यचौकीमा ल्याब सेवा समेत संचालनमा रहेको छ । स्वास्थ चौकी व्यवस्थापन समितिका सदस्य सचिव तथा सिनियर अहेव मित्र प्रसाद चौधरीले नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा प्रवाहमा सहता हने बताए ।

हामीलाई प्रायाप्त कोठाहरु त पुग्दैनन तर पनि जिर्ण भवनबाट सेवा दिदाँ समस्या भएकोमा अब त्यो सहज हुने भयो चौधरीले बताए ।

राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष सोहनलाल थारुको सभापतित्वमा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका ९ वटै वडाहरुका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा नं ९का राजनितिकदलका प्रतिनिधिहरु गाउँपालिकाका कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।