‘अन्तरिक्षमा छु, पृथ्वीमा फर्केर बिहे गर्छु’ भनेर महिलासँग ४० लाख ठगी

ठगीको यस्तो घटना बाहिर आएको छ जसबारे थाहा पाएर सबै छक्क परेका छन् । अन्तरिक्ष यात्रीको बहानामा एक व्यक्तिले वृद्धासँग ४० लाख रुपैयाँ ठगी गरेका छन् । ती पुरुषले महिलालाई आफू अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेको बताए । उनले आफूलाई पृथ्वीमा फर्कन पैसा चाहिन्छ भनेका थिए । पुरुषले ६५ वर्षीया महिलालाई विवाह गर्ने वाचा दिए ।

घटना जापानको हो । टिभी असाहीको रिपोर्ट अनुसार शिगा प्रिफेक्चरकी एक महिलाले यसै वर्षको जुनमा इन्स्टाग्राममा नक्कली अन्तरिक्ष यात्रीलाई भेटेकी थिइन् । महिलाले उनको प्रोफाइलमा अन्तरिक्षका तस्बिरहरू रहेको बताइन्, जसलाई देखेर उनी साँच्चै स्पेस स्टेशनमा काम गरिरहेका छन् भन्ने महसुस भएको थियो । इन्स्टाग्राममा भेट गरेपछि दुवैले जापानी मेसेजिङ एपमार्फत कुरा गर्न थालेका थिए । केहि हप्ता पछि, पुरुषले महिलालाई आफ्नो प्रेम प्रकट गरे र विवाहको लागि प्रस्ताव गरे। उनले ती महिलालाई आफूसँग नयाँ जीवन सुरु गर्न चाहेको र जापानमा बसोबास गर्न चाहेको बताए ।

त्यही क्रममा ती ठगले महिलासँग पैसा मागेका थिए । उनले पृथ्वीमा फर्केर विवाह गर्न पैसा चाहिने बताए । ती महिला उनको जालमा फसिन् र ठगलाई पैसा पठाइन्। ती महिलाले उनलाई चार किस्तामा जम्मा २५ लाख रुपैयाँ पठाएकी थिइन् । तर जब ठगले थप पैसाको माग गर्न थाले, तब महिलालाई शंका लाग्यो। उनले प्रहरीमा उजुरी दिएकी थिइन् । पछि उनी ठगीको सिकार भएको खुलासा भयो । हाल जापानी प्रहरीले घटनालाई ‘रोमान्स स्क्याम’ को रुपमा अनुसन्धान गरिरहेको छ ।

एजेन्सी