रेडक्रस सोसाइटी कोहलपुरद्धारा वर्षा पिडितलाई राहत

कोहलपुर ।

बाँकेको कोहलपुरमा रेडक्रस सोसाइटी उप शाखा कोहलपुरले वर्षापिडितलाई राहत वितरण गरेको छ । सोेमबार युनिसेफको सहयोग, कोहलपुर नगरपालिका वडा नं. २ र रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको समन्वयमा १२ जनालाई राहत वितरण गरिएको हो ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/311041315_1788610258168734_6983369553304426154_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=Fr8fBo4oX1EAX8lzTqg&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdT1ACI4pb81MRs7FUSTepQQm-4eGF70t8IPXzAcFeHZ0g&oe=63736973

युनिसेफका नन्दविर थापा र नरेश निदाल, वडा नं. २ का अध्यक्ष हरि कठायत, रेडक्रस सोसाइटी उप शाखा कोहलपुरका का.वा.सभापति बद्रिनाथ सापकोटा, रेडक्रस सोसाइटी उप शाखा कोहलपुरका विपद् व्यवस्थापन समितिका संयोजक जयश्वर पौडेल, रेडक्रस सोसाइटी उप शाखा कोहलपुरका कार्यालय प्रमुख युवराज पोख्रेलले संयुक्त रुपमा राहत वितरण गरेका थिए ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/311465833_581557560324459_5285976738121394184_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=hkucfI7eHekAX-T6uOn&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdRVD8skXxngZoxcE9UNo7Xbc5gYjgtCeDAATOe6uEI9gg&oe=6370F1B1

यूनिसेफद्धारा प्रति व्यक्ति त्रिपाल १ थान, झुल १ थान, हाईजीन किट १ थान, बाल्टी १ थान, मग १ थान, साबुन (हात र लुगा धुने) ८ पिस, मन्जन १ थान, ब्रस ५ थान, टावेल २ थान, पेन्टी २ थान, ऐना २ थान, डोरी १ थान, कागिँयो ३ थान र नङकट २ थान वितरण गरिएको रेडक्रस सोसाइटी उप शाखा कोहलपुरका कार्यालय प्रमुख युवराज पोख्रेलले जानकारी दिए ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/311950523_452293573554495_391096834900651360_n.jpg?_nc_cat=110&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=xEi9CBN2fYcAX8PGJzc&tn=Km3EdOvy-SkZ9uQS&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdRUXE3BXmP96l00TjfoujLYGi9JSvJs7nowaIP35bWOlw&oe=637432D8

रेडक्रससंग प्रत्येक वडाले समन्वय गरेपछि मात्र उपलब्ध गराउँछौ त्यसकारणले वडा नं. २ का अध्यक्ष हरि कठायतले पहल गरेपछि मात्र सहयोग उपलब्ध गराएको कार्यालय प्रमुख पोख्रेलले बताउनुभएको छ । कोहलपुरमा १५ वटा वडाले राहतको लागि रेडक्रससंग समन्वय नगरेकोले अन्य वडामा वर्षापिडित व्यक्तिहरुलाई राहत वितरण नभएको उहाँको भनाई थियो ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/311979957_1866378660360529_8625808787085595920_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=oXj7r9DBsQEAX8pwuaj&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdSleliMaFNhcdl3OoGACAOhGlhx7D_W3wZ9PgYmXMQWqQ&oe=63735D02

यस्तै कोहलपुर वडा नं. २ का अध्यक्ष हरि कठायतले जनताको सेवाका लागि हरदम फिल्डमै रहेकोले राहतका लागि छिटै उपलब्ध गराएको बताउनुभएको थियो ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/310813638_421637306712528_7732867260167859680_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=Azq4e-cK18YAX-HdnCB&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdT2-Z3zj1Hepz3s_SFyH8QBTNFaPjsR4Z6eFfSlEPgKtg&oe=63731E04