पश्चिम नेपालकै अत्याधुनिक बसपार्क आजबाट सुरु (फोटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका चौराहको पूर्वमा निर्माण भएको पश्चिम नेपालकै अत्याधुनिक बसपार्क आजबाट सुरु भएको छ ।

लामोदुरीको बस र छोटो दुरीको बसहरु आज सो बसपार्कबाट छुट्ने छन् । बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले टिकट काट्ने र यात्रुहरुलाई सहजताका लागि सबै सुविधाहरु सहित आजबाट सञ्चालनमा आएको हो ।

बागेश्वरी यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष मन प्रसाद आचार्यले बसपार्कमा सबै सुविधा सहित व्यवस्थापन गरी आजबाट लामोदुरी र छोटो दुरीका बसहरु छुट्ने व्यवस्था मिलाई सकेको बताए ।

बसपार्कभित्र ठुला बस र साना बसहरुको स्थानहरु समेत फरक फरक रहेको छ । पश्चिमबाट प्रवेश गर्ने र दक्षिणबाट बाहिर निकाल्नुपर्ने व्यवस्था गरिएको छ ।

गेटको साइडमा नै बसपार्क भित्र के के गर्ने वा नगर्ने र के गर्दा कारवाही गर्ने सहितको सूचना टाँस गरेका छौं सोही अनुसार आफ्नो काम कारवाही हुने प्रालिका सहसचिव तथा बसपार्क व्यवस्थापन समितिको संयोजक हेम विक्रिम जिसीले बताए ।

पाँच बिघा १६ कठ्ठा जमिनमा निर्माण भएको बसपार्कभित्र पार्क तथा विश्रामस्थल, स्तनपान कक्ष, धुम्रपान कक्ष, नागरिक सहायता तथा सुरक्षा कक्षलगायत सूचना प्रविधि सुविधा उपलब्ध हुने बताइएको छ । जिसीले बताए ।

प्रालिले बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगरपालिकालाई तिर्नेछ ।

बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ ।

नगर विकास कोषलाई वार्षिक ८ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो । बसपार्कमा बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्स, ३ वटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्तनपान कक्ष, धुम्रपान कक्ष, सुरक्षा कक्ष तथा विद्युतीय चाजिङ्ग स्टेशनको व्यवस्था मिलाइएको छ ।

३० करोड ६२ लाख ७ हजार ७ सय १ रुपैयामा लामोदुरीको बसपार्क निर्माण भएको हो । जसमध्ये नगर विकास कोषबाट ऋण १८ करोड ३७ लाख २४ हजार ६ सय २१ रुपैया र नगरपालिबाट १२ करोड २४ लाख ८३ हजार ८० रुपैया रहेको छ । बसपार्कमा ५९ वटा सटरमा व्यवसाय सञ्चालन समेत भइसकेको छ ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष विरेन्द्र कुमार शाह, प्रालिका महासचिव टंक बस्याल लगायत बागेश्वरी व्यवसाय प्रालिका सबै कर्मचारी र स्थानियहरुको बाख्लो उपस्थिति रहेको थियो ।

थप यो पनि पढ्नुहोस् ।

कोहलपुरको नयाँ बसपार्क आजबाट सञ्चालनमा आउँदै

पश्चिम नेपालकै सुविधा सम्पन्न लामोदुरीको बसपार्क लुुम्बनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा उद्घाटन

कोहलपुरमा लामादुरीको बसपार्क तिव्र गतिमा बन्दै, ४० प्रतिशत काम सम्पन्न