पश्चिम नेपालकै अत्याधुनिक बसपार्क आजबाट सुरु (फोटो फिचर)




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका चौराहको पूर्वमा निर्माण भएको पश्चिम नेपालकै अत्याधुनिक बसपार्क आजबाट सुरु भएको छ ।

लामोदुरीको बस र छोटो दुरीको बसहरु आज सो बसपार्कबाट छुट्ने छन् । बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले टिकट काट्ने र यात्रुहरुलाई सहजताका लागि सबै सुविधाहरु सहित आजबाट सञ्चालनमा आएको हो ।

बागेश्वरी यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष मन प्रसाद आचार्यले बसपार्कमा सबै सुविधा सहित व्यवस्थापन गरी आजबाट लामोदुरी र छोटो दुरीका बसहरु छुट्ने व्यवस्था मिलाई सकेको बताए ।

बसपार्कभित्र ठुला बस र साना बसहरुको स्थानहरु समेत फरक फरक रहेको छ । पश्चिमबाट प्रवेश गर्ने र दक्षिणबाट बाहिर निकाल्नुपर्ने व्यवस्था गरिएको छ ।

गेटको साइडमा नै बसपार्क भित्र के के गर्ने वा नगर्ने र के गर्दा कारवाही गर्ने सहितको सूचना टाँस गरेका छौं सोही अनुसार आफ्नो काम कारवाही हुने प्रालिका सहसचिव तथा बसपार्क व्यवस्थापन समितिको संयोजक हेम विक्रिम जिसीले बताए ।

पाँच बिघा १६ कठ्ठा जमिनमा निर्माण भएको बसपार्कभित्र पार्क तथा विश्रामस्थल, स्तनपान कक्ष, धुम्रपान कक्ष, नागरिक सहायता तथा सुरक्षा कक्षलगायत सूचना प्रविधि सुविधा उपलब्ध हुने बताइएको छ । जिसीले बताए ।

प्रालिले बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगरपालिकालाई तिर्नेछ ।

बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ ।

नगर विकास कोषलाई वार्षिक ८ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो । बसपार्कमा बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्स, ३ वटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्तनपान कक्ष, धुम्रपान कक्ष, सुरक्षा कक्ष तथा विद्युतीय चाजिङ्ग स्टेशनको व्यवस्था मिलाइएको छ ।

३० करोड ६२ लाख ७ हजार ७ सय १ रुपैयामा लामोदुरीको बसपार्क निर्माण भएको हो । जसमध्ये नगर विकास कोषबाट ऋण १८ करोड ३७ लाख २४ हजार ६ सय २१ रुपैया र नगरपालिबाट १२ करोड २४ लाख ८३ हजार ८० रुपैया रहेको छ । बसपार्कमा ५९ वटा सटरमा व्यवसाय सञ्चालन समेत भइसकेको छ ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष विरेन्द्र कुमार शाह, प्रालिका महासचिव टंक बस्याल लगायत बागेश्वरी व्यवसाय प्रालिका सबै कर्मचारी र स्थानियहरुको बाख्लो उपस्थिति रहेको थियो ।

थप यो पनि पढ्नुहोस् ।

कोहलपुरको नयाँ बसपार्क आजबाट सञ्चालनमा आउँदै

पश्चिम नेपालकै सुविधा सम्पन्न लामोदुरीको बसपार्क लुुम्बनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा उद्घाटन

कोहलपुरमा लामादुरीको बसपार्क तिव्र गतिमा बन्दै, ४० प्रतिशत काम सम्पन्न

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ १ गते शुक्रबार