कोहलपुरमा लामादुरीको बसपार्क तिव्र गतिमा बन्दै, ४० प्रतिशत काम सम्पन्न

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा लामो दुरीको नेपालकै नमूना बसपार्क तिव्र गतिमा बन्न लागेको छ । बिहिबार कोहलपुर नगर प्रमुख लुट बहादुर रावत, उपप्रमुख सञ्जु कुमारी चौधरी, सामाजिक विकास संयोजक दिल बहादुर परियार, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर बाल कृष्ण महतारा क्षेत्री अनुगमनमा गएका थिए ।

सो अनुगमन पश्चात कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतसंगको कुराकानीमा समयअवधिभित्र लामोदुरीको बसपार्क निर्माण हुने बताए । करिब ५ विगा १६ कठ्ठामा निमार्ण हुन लागेको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले २ वर्षको अवधिमा निर्माण गर्ने भनी बसपार्क निर्माणको जिम्मा पाएको थियो उनले भने सोही अनुसार काम तिव्र रुपमा अगाडी बढेको छ । हामीले सोचेका थिएनौं तर छिटो काम भैइरहेको बताए ।

यस्तै प्रसासकीय अधिकृत टिकाराम ढकालले लामोदुरीको बसपार्कको काम ४० प्रतिशत काम भएको बताए । अहिले सपिङ कप्लेक्स, बसपार्क पाकिङ्ग र सटरको काम केही दिनमा नै सकिने छ उनले भने अन्य प्रविधि, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर लगायत अन्य कामहरु बाँकी रहेको छ । अहिलेको तिव्रतालाई नै निरन्तरता दियो भने सम्झौता अवधिभन्दा अगावै सकिने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । उनका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १२ को भवन समेत निर्माण कार्य पुरा भएको बताए । रङ्गरोगनको काम बाँकी रहेछ, आगामी माघ १० गतेभित्रमा नै सो भवन नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

यस्तै कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर बाल कृष्ण महतारा क्षेत्रीले बसपार्क र सपिङ्ग कम्प्लेक्सको रुपमा डिजाइन गरिएको बताए । क्षेत्रीका अनुसार जसमा तिन वटा प्लेटफर्म राखिएको छ । जसमा लामो दुरीको लागि, स्थानीय बसहरुका लागि हुनेछन् । यस्तै अटो, इ—रिक्सा, प्राइभेट गाडिहरु पाकिङ्ग राख्न मिल्ने गरी तिन वटा प्लेटफर्म तयार गरिनेछ । जसको बीचमा ५ तलाको सपिङ्ग कम्प्लेक्स रहेको छ । त्यसको वरीपरी सटरहरु हुनेछन् ।

चोराहादेखि थोरै केही मिटर अगाडि बायाँबाट मुख्य गेट बनाइनेछ । जसमा इन्ट्रि गर्ने र बाहिर आउने बाटो फरक हुन्छ । अर्को बाटो भनेको कोहलपुर चौराहादेखि चप्परगौडि जानेबाटोको दायाँबाटो बाहिर जानका लागि आपत्कालिन ढोका बनाइएको कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर बाल कृष्ण महतारा क्षेत्रीले बताए । लामोदुरीको बसपार्कमा बसहरु २४ वटासम्म राख्न सकिने व्यवस्था मिलाइएको भने त्यसमा छ वटा कम्पार्टहरु राखिएको छ । एउटा कम्पार्टमा ४ वटा गाडिहरु राख्न सकिने व्यवस्था मिलाइएको छ ।