कोहलपुर ।
बाँकेको कोहलपुरमा जीवन ज्योति स्कुलले सञ्चालन गरेको होल्डिङ्ग सेन्टरमा कोहलपुर नगरपालिकाले शिल गरेको छ ।
कोहलपुर टुडेले बैशाख २७ गते ‘१३ वर्षदेखि कानून विपरीत होल्डिङ्ग सेन्टर सञ्चालन गर्दै जीवन ज्योति’ भन्ने शिर्षकमा समाचार प्रकाशन भएको थियो ।
समाचार प्रकाशन भएपछि जीवन ज्योति स्कुललाई नगर शिक्षा शाखाले के कसरी सञ्चालन गरेको ? भनी ३ दिने अल्टिमेटम सहितको स्पष्टिकरण मागेको थियो तर जवाफ स्कुलको कुनै संलग्नता नभएको भनी पठाएको थियो ।
नेपाली काँग्रेसका महासमितिका सदस्य समेत रहेको फूलाराम थारु र उनकी श्रीमती सविता चौधरीले समेत होल्डिङ्ग सेन्टर सञ्चालनमा संलग्नता छ ।
थारुकी श्रीमती चौधरीले नै सो होल्डिङ्ग सेन्टरमा पढाउने गरेको पाइएको छ । सविता चौधरी कोहलपुर नगरपालिका वडा नं. ७ की वडा सदस्य समेत हुन् ।
जनप्रतिनिधि नै कानून विपरीत सञ्चालन भएको होल्डिङ्ग सेन्टरमा पढाउने र अझै बच्चाहरुको भविष्यको लागि भन्दै स्थानियहरुलाई धम्काउने समेत गरेको स्थानियहरुले कोहलपुर टुडेलाई जानकारी दिए ।
तर सो होल्डिङ्ग सेन्टर नजिकै ५० मिटर नजिकै नेपाल राष्ट्रिय आधारभूत विद्यालय सञ्चालन छ तर त्यहाँ पनि बालविकास सञ्चालन छ ।
सामुदायिक विद्यालय बनाउनुको साटो कानून विपरीत सञ्चालन गर्न नेपाली काँग्रेसका महासमिति सदस्य फूलाराम थारु नै संलग्नता हुन दुखत भएको ७ का वडा अध्यक्ष ठग्गा थारुले बताए ।
‘जिवन ज्योति स्कुलको बोर्ड नै लगाउन खोजिएको थियो, उनले भने, ‘स्थानियहरुले शिव मन्दिरको प्राङ्गनमा क्रिसिएनको चिन्हहरु राख्न नमिल्ने भन्दै विरोध गरेका थियौं ।’ तर अहिले फेरी करुणा समाजले सञ्चालन गरेको भन्दै वडामा आउनुभएको छ तर करुणा भन्ने संस्था कहाँ दर्ता छ ? कस्ले दर्ता गरेको हो कुनै कागजात छैन वडा अध्यक्ष थारुले बताए ।

कोहलपुर टुडेको खोज अनुसार कोहलपुर नगरपालिका १५ अकलघरुवामा आफ्नै स्कुलका बस चालकको घरमा होल्डिङ्ग सेन्टर सञ्चालन रहेको भेटिएको छ भने अर्को ७ लखनवारमा रहेको गुठीको जग्गामा शिव मन्दिरको प्राङ्गनमा र वडा नम्बर ११ को शान्तिनगर स्थित भवनमा सञ्चालन रहेको पाइएको हो । ती तीन होल्डिङ्ग सेन्टरमा करिब ५० जनाभन्दा बढी बालबालिकाहरु छन् । होल्डिङ्ग सेन्टरमा १ वर्षदेखि २ वर्षसम्मका बच्चाहरु पढ्छन् ।
कोहलपुर नगरपालिकाले होल्डिङ्ग सेन्टर सञ्चालन गर्न अनुमति नदिएको भन्दै शिल गरेको नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालले बताए ।
‘जीवन ज्योति स्कुललाई ३ दिने अल्टिमेटम दिएका थियौं तर जवाफमा जीवन ज्योति स्कुलले भने, आफ्नो संग्लनता नभएको र दिँदै आएको खर्च नदिने भन्दै नगर शिक्षामा जवाफ पठाएको हमालले बताए ।
सो विषयमा जीवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले अहिले आफ्नो विद्यालय कुनै संलग्नता नभएको बताए ।
विद्यालयलले सञ्चालन रहेको तीन स्थानमा बन्द गराउनु भनी चिठि काटिसकेको र नगरपालिकाले शिल गरेको भन्ने आफुलाई जानकारी नपाएको जीवन ज्योति स्कुलका प्रिन्सिपल जेम्सले बताए ।
यो पनि पढनुहोस
१३ वर्षदेखि कानून विपरीत होल्डिङ्ग सेन्टर सञ्चालन गर्दै जीवन ज्योति
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्