कहाँ सोचियो र जिन्दगी पिरमा पर्छ
हावा,हुरी ,झरि मेरै तक्दिरमा पर्छ ।
मैले तिम्रै सिउँदो भर्न सिन्दुर किनेको हुँ
सोचिएन अर्कैको सिन्दुर शिरमा पर्छ ।
आजकल तिम्रा यादहरु घायल बन्दैछन्
त्यसको प्रत्यक्ष दुखाई यो शरीरमा पर्छ ।
मेरो मुटु जलाउन कोही तयार हुदैछन्
म महसुस गर्दैछु सेकुवाको झिरमा पर्छ ।
जसलाई मैले छाक टार्न दान दिएको थिए
त्यहीँ मान्छे आज गाउँमा अमिरमा पर्छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० साउन १४ गते आइतबार













प्रतिक्रिया दिनुहोस्