दिलमाया थापाकाे सुन्दर गजल

कहाँ सोचियो र जिन्दगी पिरमा पर्छ
हावा,हुरी ,झरि मेरै तक्दिरमा पर्छ ।

मैले तिम्रै सिउँदो भर्न सिन्दुर किनेको हुँ
सोचिएन अर्कैको सिन्दुर शिरमा पर्छ ।

आजकल तिम्रा यादहरु घायल बन्दैछन्
त्यसको प्रत्यक्ष दुखाई यो शरीरमा पर्छ ।

मेरो मुटु जलाउन कोही तयार हुदैछन्
म महसुस गर्दैछु सेकुवाको झिरमा पर्छ ।

जसलाई मैले छाक टार्न दान दिएको थिए
त्यहीँ मान्छे आज गाउँमा अमिरमा पर्छ ।