हामी रुखका पातहरु होइनौ
हामी रुखमा फलेका केबल फलहरु पनि होइनौ
र होइनौ पनि फुलेका फुलहरु
बरु हामी हौँ रुखको जराहरु
जसका कारणले उभिन्छ सिङ्गो रुख
अनि पो पलाउँछन पातहरु
फुल्छन फुलहरु
र फल्छन फलहरु ।
अब हामीलाई
हरिया पात हौँ भनेर मख्ख हुनु छैन
फुल हौ भनेर कसैको पैतलामा झर्नु छैन
फल हौ भनेर निहुरिनु छैन
किन कि हामी त जरा हौ
धानेका छौ यो संसारलाइ
टेकेर पैतलाले
छतिमा बोकेका छौ यो दुनियाँ ।
हाम्रो हातको कलम
हाम्रा कविता
हाम्रा संघर्ष
हाम्रो पृथ्वी भन्दा ठूलो भारी
न देख्नेहरुले
केबल देखे ओठको लालि
देखे छातिको आकार
देखे कोमल गाला
चुडिहरे फुल ठानेर
टोकिरहे फललाई झै
उडाइरहे पात ठानेर ।
तर हेक्का रहोस
हामी त्यो जरा हौं
जसको आडमा उभिएको छ
यी संसाररुपी रुख
र फैलिएका छन हाँगा जस्ता
तमाम छोरामान्छेहरु ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्