Kohalpur Today Header Ads

को हुन सह-कोषाध्यक्ष पदको उम्मेदवार रेशमलाल सापकोटा ?




कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दा रेशमलाल सापकोटा ।

उनी कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको संस्थापक सल्लाहाकारको रुपमा काम गरिसकेका सापकोटासंग खानेपानीको विषयमा विज्ञ नै हुन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उद्योग वाणिज्य संघ कोहलपुरको संस्थापक सदस्यको भूमिका निर्वाह गरिसकेका सापकोटा यतिबेला कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता सस्थाको सह—कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् ।

यहि श्रावण १२ गते हुने निर्वाचनमा सापकोटाले ४ दलिय गठबन्धन सहितको साझा समावेशी प्यानलको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

विभिन्न क्षेत्रमा आबद्ध भएर काम गरिसकेका सापकोटाले हाल कोहलपुर माध्यमिक विद्यालयको विव्यस अध्यक्ष समेत हुन् । साथै प्र्राकृतिक चिकित्सालय र जनविश्वास सहकारीमा समेत आबद्ध भएर काम गरिरहेका छन् । हरेक मानिसहरुको अपेक्षा र चाहाना गुणस्तरीय शिक्षा र स्वास्थ्यमा बढि केन्द्रित छन् ।

उनले प्रत्यक्ष कोहलपुरबासीसंग जोडिएको खानेपानी संस्थामा आफू नेतृत्वमा पुगेपछि खानेपानी संस्थामा भएको बेतिथि र अनियमितालाई शुन्यमा झार्ने प्रतिबद्धता गर्दै चुनावी मैदानमा होमिएका छन् ।

विभिन्न क्षेत्रमा काम गर्दै खारिएर आएका सापकोटा यति बेला आम कोहलपुरबासीलाई स्वच्छ खानेपानी खुवाउने कुरा नै पहिलो प्राथमिकता हो भन्दै चुनावी अभियानमा उत्रिएका छन् ।

त्यसका लागि हाल भूमिगत जलश्रोतको लागि डिप ट्युबेल र टयाङ्कीको क्षमतावृद्धि गरी थप ट्युबेल र ट्याङ्की निर्माण, कोहलपुरको मुख्य सडकको दुवै साइडमा पाइप बिस्तार, कोहलपुर क्षेत्रमा रहेका अन्य खानेपानी आयोजनालाई समेत समेटेर एकीकृत खानेपानी विकासको गुरु योजना निर्माण लगायतका योजनालाई विशेष प्राथमिकतामा राखिएको सापकोटा बताउँछन् ।

खानेपानी उपभोक्ता समितिको ४ वर्षे कार्यकालमा कोहलपुरबासीलाई सर्व सुलभ खानेपानीमा पहुँच पुर्‍याउने, लक्षित वर्ग, विपन्न, दलित, भूमिहीन सुकुम्बासीलाई अति सहुलियत मूल्यमा खानेपानी बितरण र मुख्य बजार क्षेत्रमा निशुल्क रुपमा उपभोग गर्ने गरी खानेपानीको धाराहरू मार्फत खानेपानी वितरण कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने सापकोटाले बताएका छन् ।

उनले आफ्नो प्यालनका सबै उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी गराउन मतदाताहरूसँग अपिल समेत गरेका छन् ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहीबार