त्रिभुवन माविको प्रशासनिक शौचालयमा लाग्यो ताला




कोहलपुर ।

बाँके जिल्लाको कोहलपुर नगरपालिकामा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्रशासनिक शौचालयमा अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकटको अखिल (क्रान्तिकारी) बाँकेले विद्यार्थीले बर्षौदेखि शौचालय समस्या बेहोरी रहने त्यसको समधानको लागि प्रशासन व्यवस्थापन समितीले उचित पहल नगरेकोले विद्यालयका शिक्षक, कर्मचारीले प्रयोग गर्ने शौचालयमा आज तालाबन्दी गरेको हो ।

संगठनका जिल्ला संयोजक तपेन्द्र न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै बाँके जिल्लाको कोहलपुर नगरपालिकामा १० मा रहेकाे त्रिभुवन नमुना माध्यामिक विद्यालयमा वर्षौँदेखी शौचालयकाे समस्या कारण विद्यार्थीहरूले शास्ती बेहोरिरहेकाे जानकारी पाएपछि विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्।

त्यस्तै उक्त विज्ञप्तिमा भनिएको छ, ‘हजारौँ विद्यार्थी भएको उक्त विद्यालयमा नाम मात्रका शौचालय छन् । जसले गर्दा विद्यार्थीहरूले शारीरिक र मानसिक स्वास्थ्य समस्या बेहोरिरहेका छन् । जिल्लाको प्रतिष्ठित मानिएको नमुना विद्यालयमा शौचालय समस्याका कारण विद्यार्थीहरूले आफ्नो पढाई नै छोडेर घर जानुपर्ने बाध्यात्मक परिस्थिति छ । यतिमात्र हैन शौचालयको दुर्गन्ध कक्षाकोठामा पुगेर विद्यार्थीहरूले बसेर पढ्न र शिक्षकहरूले समेत त्यहाँ पढाउनै नसकिने समस्या वर्षौँदेखि झेल्दै आइराख्नुपरेको छ ।’

उनले विद्यालय प्रशासन र व्यवस्थापन समिति लगायतका सरोकारवालाहरूसँग लिखित वा मौखिक रुपमा बारम्बार ध्यानाकर्षण गराउँदै आए पनि यसप्रति सम्बन्धित निकायले उक्त समस्या समाधान गर्नुको साटो कानमा तेल हालेर बसेपछि विद्यालयको प्रशासनिक शौचालयमा अनिश्चितकालिन तालाबन्दी गरेकाे संगठनका जिल्ला संयोजक न्यौपानेले बताए ।

यस्तो छ विज्ञप्ति

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतबार